चन्द्रकान्त खनाल
रुपन्देही/९ पुस-रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । सियारी गाउँपालिका ४ दयानगर स्थित पब्लिक माविको खेल मैदानमा शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता शुरु भएको हो ।
महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री खांनले सियारीलाई शैक्षिक हबको रुपमा विकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिए ।
उनले शैक्षिक महोत्सवले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महोत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै विद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनु पर्ने बताए ।
महोत्सवमा पालिकाभित्रका ४० बिद्यालयका १ सय २ खेलाडिले विभिन्न विधाका खेलमा भाग लिएका छन् । सियारी भित्र २५ सामुदायिक, १२ संस्थागत र ३ धार्मिक विद्यालय रहेका छन् भने १२ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
महोत्सवको उद्घाटन समारोहमा विद्यार्थीहरुले बिभिन्न भेषभुषामा सजिएर मार्चपास गरेका थिए भने बिभिन्न सास्कृतिक प्रस्तुती समेत प्रर्दशन गरेका थिए । महोत्सवमा विद्यार्थीहरुले तयार गरेका शैक्षिक तथा विज्ञान प्रर्दशनी गरिएको छ ।
सियारी गाउँपालिकाको आयोजनामा भएको शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीहरुको वौद्यिक तथा शारिरिक क्षमता बृद्धि गर्ने तथा उनीहरुको प्रतिभा प्रस्फुटन ठुलो सहयोग गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
शैक्षिक महोत्सवमा वौद्यिक तथा शारिरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अंग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिवल, कवड्डी लगाएतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
कार्यक्रम पब्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । १४ गतेसम्म चल्ने कार्यक्रममा वौद्यिक कार्यक्रम पब्लिक माविमा तथा शारिरिक कार्यक्रम जनता माविमा हुनेछन् ।



