काठमाडौं/७ पुष– प्रारम्भिक बालविकास केन्द्रमा नयाँ नियुक्ति हुने सहजकार्ताको न्युनतम शैक्षिक योग्यता कक्षा १२ उत्र्तीणा भएको हुनुपर्ने सुझाव दिइएको छ । विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि सुझाब दिन गठित समितिले प्रारम्भिक बालविकास केन्द्रमा नयाँ नियुक्ति हुने सहजकार्ताको न्युनतम शैक्षिक योग्यता कक्षा १२ उत्र्तीणा भएको हुनुपर्ने सुझाव दिइएको हो ।
साथै त्यस्ता सहज कर्तालाई नियमित तालिम तथा पुनर्ताजगी तालिमको व्यवस्था गरिनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
सोही निर्णय अनुसार राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने आयोगका सदस्य पुष्परमण वाग्ले (पिएचडी) को संयोजकत्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सम्बद्ध निकायका र सरोकारवालाहरुको प्रतिनिधित्व समेत रहेको समितले विद्यालय सञ्चालनका लागि स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्था मिलाउने सम्बन्धमा विश्लेषण गरी नीतिगत, वित्तिय, व्यवस्थापकीय र प्रकृया गत सुझाबहरु सहितको प्रतिवेदन तयार गरी राष्ट्रिय आयोजनाका उपाध्यक्षमार्फत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइएको छ ।



