सिटिइभिटी बागमती प्रदेश प्रि–डिप्लोमा तह निःशुल्क छात्रवृत्तिको नतिजा प्रकाशन (नामावलीसहित)

काठमाडौं/२६ भदौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।


सिफारिस गरिएका सफल प्रशिक्षार्थीहरुले असोज ६ गतेसम्म कार्यालय समय भित्र तोकिएको शिक्षण संस्थमा आफ्नो प्रवेश पत्र, शैक्षिक योग्यता, नागरिकता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र सहित सिफारिस भएको शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ ।

http://202.166.206.52:5580/notice_details/content/2079-05-25-bagmati-province-pre-diploma-level-classified-scholarship-result-2079