काठमाडौं/२६ भदौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।
सिफारिस गरिएका सफल प्रशिक्षार्थीहरुले असोज ६ गतेसम्म कार्यालय समय भित्र तोकिएको शिक्षण संस्थमा आफ्नो प्रवेश पत्र, शैक्षिक योग्यता, नागरिकता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र सहित सिफारिस भएको शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ ।




