चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको फाराम असोज १४ गतेदेखि खुला हुने

काठमाडौं/२२ भदौं-चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षाको फाराम भर्नेबारे सूचना जारी गरेको छ । चिकित्सा शिक्षा स्नातकोत्तर तहको आगामि कात्र्तिक तेस्रो हप्तामा सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाईन फाराम भर्नेबारे सूचना जारी गरेको हो ।


फाराम असोज १४ गतेदेखि ३१ गतेसम्म भर्न सकिने र यसबारे विस्तृत सूचना पछि प्रकाशन गरिने आयोगको परीक्षा निर्देशनालयले जानकारी दिएको छ ।


त्यसैगरी आयोगले चिकित्सा शिक्षा स्नातक तहको समापन म्याचिङमा सहभागि हुन अनलाइन अनलाइन प्रणालि मार्फत आवेदन दिनका लागि सूचना जारी गरेको छ । चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमको सूचिमा परी हालसम्म कुनै पनि शैक्षिक कार्यक्रमको भर्ना सूचिमा नपरेका उम्मेदवारहरुका लागि उम्मेदवार स्वयमले भौतिक उपस्थितिमा हुन इच्छुक उम्मेदवारले आवेदन दिनसक्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले भदौ २६ गते अपरान्ह ५ बजेभित्र अनिवार्य रुपमा आवेदन दिनुपर्ने छ ।