काठमाडौं /२५ वैशाख-पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ पद्धतिको कार्यन्वयनका लागि सहयोगी पुस्तिका २०७९ सार्वजनिक गरेको छ । अवश्यकता अनुसार विद्यालय शिक्षाका सबै कक्षामा लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीको मुल्याङ्कन गर्ने पद्धति स्थापित गर्न र लेटर ग्रेडिङ पद्धतिलाई थप प्रभावकारी बनाई शिक्षक तथा सम्बन्धित सबैलाई सबैलाई सहयोग पु¥उने उदेश्यले पुस्तिका सार्वजनिक गरेको हो ।
यसमा लेटर गडिङ पद्धतिको परिचय, नेपालको विद्यालय शिक्षामा यसको अभ्यास, विद्यालय शिक्षाको विद्यमान ग्रेडिङ पद्धति र यसको प्रयोग गरी नतिजा तयार गर्ने तरिका समावेश गरिएको छ ।
विद्यार्थी मल्याङ्कनले विद्यार्थीको उपलब्धि सम्बन्धी तथ्याङ सङकलन गर्न, व्याख्या गर्न, अभिलेखीकरण गर्ने, विश्लेषण गर्ने र प्राप्त सूचनाका आधारमा सिकाइमा आवश्यक पृष्ठपोषण प्राप्त गरी सिकाइको पुनयोजना गर्ने कार्यमा सहयोग गर्नुपनेृ उल्लेख गरीएको छ ।
विद्यार्थी मूल्याङ्कनलाई विद्यार्थीको सिकाइको निरन्तर लेखाजोखा गरी पाठ्यक्रममद्वारा निर्दिष्ट सिकाइ उपलब्धि हासिल भयो वा भएन भन्ने पहिचान गर्ने कार्यमा केन्द्रित गर्नुपर्ने, सिकाइ सहजीकरण क्रियाकलापमा सुधार ल्याउन र विद्यार्थीको सिकाइमा सुधार ल्याउन मल्याङ्कन नतिजा प्रयोग गर्नु पर्ने र शैक्षिक नीति निर्माणको निर्णयका लागि पृष्ठपोषण दिन मूल्याङकन नतिजाको प्रयोग गर्नु पर्ने आवश्यकतालाई जोडदिँदै पुस्तक सार्वजनिक गरिएको जनाएको छ ।
मूल्याङ्कन प्रणालीलाई परीक्षामा सीमित नगरी यसलाई सिकाइ सहजीकरण प्रक्रियाको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको जनाइएको छ । गृहकार्य, कक्षाकार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, प्रस्तुतीकरण, अतिरिक्त व्रिmयाकलाप, सामूहिक क्रियाकलाप आदिलाई मूल्याङ्कनमा समावेश गर्न विद्यालयको मौजुदा मूल्याङ्कन प्रक्रियामा सुधार आवश्यक छ ।
बालबालिकाको सिकाइस्तरका आधारमा शिक्षक, विद्यालय र समग्र पद्धतिको मल्याङकन गर्ने परिपाटी स्थापित गर्नु खाँचो रहेको र विद्यार्थी मल्याङ्कनलाई सिकाइ क्रियाकलापको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्ने, मूल्याङ्कनको पृष्ठपोषणका आधारमा शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने र सिकारुका सिकाइ सक्षमतालाई सही ढङ्गले व्याख्या गर्ने कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।
याहाँबाट हेर्नुहोस पुस्तिका :



