छात्रवृत्तिमा वैदेशिक अध्ययन गर्न इच्छुक निजामती कर्मचारीका लागि आवेदन माग

काठमाडौं /२५ वैशाख-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरीयाका चार विश्वविद्यालयमा अध्ययन र तालिमका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरियाका विश्वविद्यालयमा अध्ययन तथा तालिमका लागि छात्रवृत्तिमा अध्ययन गर्ने उपयुक्त उम्मेदवार मनोनयनका लागि पत्राचार गरेपछि आवेदन माग गरेको हो ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले तोकेका विश्वविद्यालय र विषयहरु अध्ययनका लागि तोकिएका आधारहरु भएका शिक्षा मन्त्रालयमा कार्यरत इच्छुक निजामती कर्मचारीहरुलाई वैशाख ३१ गतेसम्म आवेदन दिन सूचित गरेको छ ।


छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समुह र श्रेणी भित्रका समावेशी महिला, आदिबासी,जनजाति, मधेसी, दलित, अपाङ्ग,पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीहरुलाई प्राथमिकता दिई मनोनयन गर्न सबै निकायलाई आग्रह गरेको छ ।


कोरीयाका चार विश्वविद्यालयमा ६ वटा विषय छात्रवृत्तिमा अध्ययन गर्नका लागि सबै निकायबाट आएको आवेदनबाट मनोनयन गरी अध्ययनका लागि पठाईने छ ।

https://www.moe.gov.np/assets/uploads/files/scholarship_document.pdf?fbclid=IwAR276QlvX4Kp1mRFRGlbLAiMC5gxoE2uky7wlbu38aj777Tu_Cc17Lak5hU