बालेनको घोषणापत्र : निजी विद्यालयको शुल्क बमोजिम गुणस्तर शिक्षा छ वा छैन अडिट गरिने

काठमाडौं /१२ वैशाख-स्वतन्त्र उम्मेदवारको रुपमा ¥यापर बालेन शाहले पनि काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने तयारीसँगै घोषणापत्र सार्वजनिक गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारका रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन ।


आइतबार बालेनले चुनावी घोषणापत्र सार्वजनिक गर्दे शिक्षामा काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्रविधि शिक्षामा जोड दिने उल्लेख गरिएको छ । इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा सँगसँगै विश्वस्तरमा जोड्न सकिने खालका उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने घोषणापत्रमा छ ।


त्यसैगरी निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तर शिक्षा छ वा छैन अडिट गरिने, अन्तराष्ट्रिय विद्यालयहरुलाई राष्ट्रिय विद्यालयहरुसँग सहकार्य गरिने र संस्कृति, जीवनशैली, शिक्षा प्रणाली आदिको आदान प्रधान गर्न भगिनी सम्बन्ध सुरु गरिने, प्रारम्भिक बाल्यकाल शिक्षादेखि सूचना प्रविधि शिक्षाको परिचय दिने गरि पाठ्यक्रम विकास गरीने उल्लेख छ ।