प्याब्सन महाधिवेशन : यसपालि हाम्रा हेरिदैँन राम्रा हेरीन्छ

काठमाडौं/७ चैत-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित १५औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने तयारीमा छ । तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने छ । नेतृत्व चयनका लागि मनोनयन भइसकेको अवस्था छ भने अहिलेका सहअध्यक्ष डिके ढुङ्गानाको अध्यक्ष पदका लागि एकल मनोनयन परेसँगै अध्यक्ष भइसक्नु भएको छ । तर, औपचारीक रुपमा घोषणा गर्न बाँकी रहेको छ । एकल मनोनयन परेका बाहेक अरु पदहरुमा पनि सकेसम्म सर्वसम्मत गर्ने योजनामा प्याब्सन रहेको सन्दर्भमा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानासँग खबर एजुकेसनले गरेकोे संवाद ।


अघिल्लो कार्यकालदेखि सहमतिमा सह अध्यक्ष भएर काम गर्नु भयो अनुभव कस्तो रह्यो ?


१४ औँ राष्ट्रिय महाधिवेशनबाट टिकाराम सर र मैले सहमतिको टिम निर्माण ग¥यौ । अहिलेको सहअध्यक्ष सोतह अध्यक्ष बन्ने भनेर एउटा सहमतिको पेपर नै गरेका छौँ । पछि विश्वासको कुरा हो कागजलाई हेरेर अगाडि नबढौँ भनेर विधान निर्माण ग¥यौ । त्यसपछि झन नजिक भएर काम गर्दे अगाडि बढ्ेको अवस्था छ । यो किन भन्दै छु भने जब सातौँ पुर्ण बैठक अध्यक्ष ज्युको स्कुल विराटनगरमा बसियो त्यो बैठकमा सोतह भन्ने कुरा विधानमा नराख्ने र हटाउने भनियो । त्यही बैठकमा अहिलेका अध्यक्षले अब प्याब्सनको भावि अध्यक्ष अहिलेको सहअध्यक्ष डिके ढुङ्गाना हो है भनेर घोषणा गर्नु भयो । यसको अर्थ एक अर्का विचको विश्वास हो ।


यो विश्वासको गाँठो कस्सिदै जाँदा हामीले निकै राम्रा उपलब्धिहरु प्राप्त गर्न सफल भएका छौँ । यही कार्यकालमा ३० वर्षे प्याब्सनको दौडानमा पूर्णता पाउन नसकेकको प्याब्सन शिक्षा मन्दिरले पूर्णता पायो, विधान बनायौँ, शैक्षिक मुद्दाहरु थिए त्यसलाई पनि एउटा बाटोमा ल्याउन सफल भयौँ, सरकारलाई हाम्रा कुरा बुझाउन सफ भयौँ । त्यही विचमा कोभिड १९ महामारीका कारणले रुग्ण भएका विद्यालयहरुलाई राहत उपलब्ध गराउने, बैंकसँग छलफल गरेर ऋणमा सहजिकरण पनि गरीयो । समग्रतामा प्याब्सनले नयाँ कोर्स सिर्जना ग¥यो र यसमा पाइलट र को–पाइलटका रुपमा रहेर सहकार्य गरेको परीणाम हो ।


एकै लाइनमा भन्न पर्दा चुनौतिका विचमा पनि टिकाराम पुरी नितृत्वको समितिले प्याब्सनमा राम्रो काम गर्यो र प्यब्सनको इतिहासमा सम्झन योग्य पनि बनायो र मैले पनि टिकाराम पुरीसँग काम गर्दे गर्दा एउटा असल मित्र र सफल लिडर प्राप्त गरेको अनुभव गरेको छु ।


केही व्याक्तिहरुले डिके ढुङ्गानाले टिकाराम पुरीलाई सहयोग नगरे सह–अध्यक्षबाट अध्यक्ष हुन गाह्रो हुन्छ त्यसकारणले सहयोग गरेको हो भन्छन् नि ?


केहीले त्यसरी बुझ्नु स्वभाविकै हो । तर, विधानमै मलाई सोतह अध्यक्षको व्यवस्था गरेको थियो त्यो हटाउन मैले किन माने त, यो कुरा सबै प्याब्सनका साथिहरुले बुझ्न आवश्यक छ । डिके ढुङ्गाना भिजनरी थिएन भने, लामो दुर दृष्टि राखेर संस्थाको हित चाहदैन थे भने विधान संशोधनमा साथ दिने थिइन होला । सोझै कामै नगरी प्राप्त भएको पद नलिएर म संघर्ष गर्छु, चुनौतिहरु सामना गर्छु, आफुलाई फरक ढंगले उभ्याउछु भनेर मैले साहस गरेको हुँ । अबको नेतृत्वमा म नै अध्यक्षमा हुने भनेर लेखेरै सहमति भएको थियो, विधान मै व्यवस्था थियो तर मैले भोलिका दिनमा पनि यस्तो संस्कार नबसोस्, गलत मान्छे नेतृत्वमा आयो भने संस्थालाई धोका हुन्छ भनेर हटाएको हो ।


मैले कतिपय कुरामा चुपचाप नै बसेर अध्यक्ष मात्र हुने दाउँ हेरेको भए प्याब्सनले आज यो प्रगति नगर्न पनि सक्थ्यो होला । यो हुनुको पछाडि केन्द्रीय कमिटीको कुनै पनि बैठकमा हाम्रो कुनै मत मतान्तर नै भएन । अध्यक्षले प्रस्ताव राख्नु हुन्थ्यो सह–अध्यक्षको विचार आइसकेपछि पास हुन्थ्यो । यो भनेकै के हो भने एक अर्काप्रतिको विश्वास हो । म प्रति कार्यसमिति र नेतृत्व गर्नुहुने अध्यक्ष ज्युले विश्वास गर्नु भयो मैले अध्यक्षप्रति विश्वास गरे त्यसकारणले मैले अध्यक्ष सोतह हुने प्रावधान खुला गर्दा हुन्छ भन्नेमा सहमति जनाए ।


हिजो प्यानल बनाएर आउनु भयो र नेतृत्व समाल्ने बेलामा सहमति गर्नुभयो आज प्यानल बनाउनु हुँदैन भन्दै गर्दा १५ औँ महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा जान खोज्ने पनि केही व्याक्तिहरु छन्, यसमा तपाइको भनाई के हो ?


आफु स्थापित हुनका निम्ति भरसक समुह भइदिए हुन्थ्यो, मिलेको विषलाई पनि दुरी बढाउन पाए हुन्थ्यो भन्ने समुह पनि नभएको होइन । तर, हामी यो विषयमा एक ठाउँमा छौँ । अब बन्ने टिम यस्तो हुन्छ भनेर जुन प्रक्षेपण गर्छौ त्यो दुबै जनाको सहमतिमै हुन्छ । किनभने तिन वर्षको कार्यकाल टिकाराम पुरीले गर्नुभयो भने अब तिन वर्षको कार्यकाल मैले व्यतित गर्छु त्यसैले भन्ने गरेका छौँ हामी दुइजनाको कार्यकाल ६ बर्षको हो भनेर । दुबै जना ६ वर्ष सँगसँगै हुन्छौँ उहाँ प्रमुख सल्लाकार रहिरहँदा पनि उहाँलाई मैले एक्टिभ राख्ने, सहकार्य गर्ने र सँगै लिएर हिड्ने त्यो संस्कारको विकास गर्ने मैले योजना बनाएको छुँ । यो विषयमा सबै सथिहरुसँग सल्लाह पनि गरीसकेको छु ।


अहिले रहेको कार्यसमिति विरुद्ध महाधिवेशनमा उठ्छु चुनाव जित्छु भन्ने दिवा सपना हो त्यो सम्भव नै छैन । किनभने अब हामी हो त हामीलाई नै नसोधेर साथिहरुले भन्नु हुन्छ भने त्यो हाम्रो रिक्स् होइन । यो त निजी विद्यालयहरुको मन्त्रालय हो । त्यसको भविष्य, लगानिसँग जोडिएको छ । यसले लिने निर्णय र नितीले निजी विद्यालयहरुको दुरगामि प्रभाव पार्न सक्छ त्यसकारणले पनि अहिले रहेको कार्यसमिति विरुद्ध महाधिवेशनमा उठ्छु चुनाव जित्छु भन्ने सम्भावना हुँदैन ।


जहाँसम्म साथिहरुले इच्छा राख्नुभएको छ कुनै पनि पदमा जाने उठ्ने, नेता बन्ने त्यसमा हामीले सल्ला दिने हो सुझाब दिने हो यो बाटो हुन सक्छ भनेर भन्ने हो । त्यो बाटो उहाँहरुले रोज्नु भएन भने चुनाव हुन्छ । चुनावमा जादाँ निश्चित रुपमा हामीले प्याब्सनको अहिलेको आवश्यकताका आधारमा छान्छौं । हाम्रो संकेत पनि त्यहि हो ।


यस भन्दा अगाडी प्याब्सनमा नेतृत्व समालेर गएका अग्रजहरुले आफु निकटको प्यानललाई सहयोग गर्ने र पे्रसर दिने गरेको देखिएको छ, तपाइलाई यस्ता प्रेसर आएका होलान, यसलाई कसरी लिनु भएको छ ?


पहिलो कुरा त अहिले हाम्रो नियमावलीले पनि समुह बनाउन दिँदैन त्यसकारण पनि व्याक्ति एक्लै चुनाव लड्ने हो । दोस्रो कुरा अध्यक्ष र म बसेर सर्वसम्मत गर्ने प्रयास जारी रहने छ र तेस्रो के हो भने हामी हाम्रा अग्रजहरुलाई धेरै दुःख दिदैनौँ । दोस्रो पुस्ताको नृतृत्व स्थापित भइरहँदा हामीले हाम्रो कस्तो नेतृत्व चाहिन्छ भन्ने बारेमा वृहत छलफल गर्ने हिम्मत र हैसियत राख्नुपर्छ । तर, लोकतन्त्रमा केही पदका लािग चुनाव हुनुलाई स्वभाविक रुपमा लिनु पर्छ ।


मैले एकल उम्मेदवार हुँदा पनि सकारात्मक भोट लिनुपर्ने अभ्यास गरेर आएको हुनाले यहाँ बहुँ पद र बहुँ उम्मेदवार रहेका छन् । सहमति नभएको खण्डमा चुनाव हुनु स्वभाविकै हो । मुख्य पदहरुमा सह अध्यक्ष, वरीष्ठ उपाध्यक्ष र महासचिव पदमा जस्ता पदमा भरसक सहमतिमा जाँदा राम्रो हुन्छ ।


सहमतिको नाममा राम्रालाई भन्दा हाम्रालाई छानिने होकी वा राम्रो व्याक्ति नआएर काम गर्न नसक्ने आउछ की भन्ने पनि छ नि ?


केही पदमा अध्यक्षले चाहेका व्याक्ति नै आउनु पर्छ किनभने यो भनेको कार्यसम्पादन गर्ने विषय पनि हो । अध्यक्ष को सोँच एउटा महासचिवको सोँच अर्को भयो भने गह्रो हुन्छ । त्यसैले केही पदमा अध्यक्षले चाहेका व्याक्तिहरु नै आउनु पर्छ भन्ने सोचाई हो । यसमा यत्रो प्याब्सनको ऋण छ, काम गर्नुपर्ने धेरै कुरा छन् । कर्मचारीहरुलाई तलब भत्ता खुवाउनु पर्ने हुन्छ, असहज परिस्थिति पनि आउछन् त्यसैले अफ्ठेरो पर्दा दुइचार लाख हाल्छु भन्न सक्ने महासचिव, कोषाध्यक्ष भएन भने, प्याब्सनको कामका लागि दुइचार ठउँमा आफै व्यावस्था गरेर जान्छु भन्न सक्ने भएन भने संस्थालाई अगाडि बढाउन गाह्रो हुन्छ । यो निस्वार्थ भावनाले काम गर्नुपर्ने संस्था हो । त्यसकारणले यस्ता कुरामा नजरअन्दाज गर्नुपर्ने, च्याप्नुपर्ने स्थिति पनि हुँदैन । सबैलाई मिलाएर लाने हो तर बढी महत्वकांक्षा राख्ने साथिहरुलाई हामीले एड्रेस गर्न सक्दैनौँ । नेतृत्वमा पुग्नका लागि धैर्यतापनि राख्नु पर्छ । त्यसैले यसपालि हाम्रा हेरिदैन राम्रा मान्छे हेरीन्छ ।


शिक्षा नितीदेखी प्याब्सन आफैमा आन्तरीक रुपमा बलियो बनाउनु पर्ने चुनौतिहरु छन् कसरि अगाडि बढ्छु भन्ने योजना बनाउनु भएको छ ?


शिक्षा क्षेत्रमा व्याक्तिगत रुपमा लगानि भएका छन् त्यसले हाम्रा सम्पतिको संरक्षण हुने निती र कानुन बन्नु पर्छ जस्ले हामीलाई सधै सुरक्षित बनाउनु पर्छ । यस क्षेत्रमा हाम्रो ठुलो लगानि भएको छ यसको स्थाइत्व हामीले चाहेका छौँ । छात्रवृत्तिमा, विद्यार्थीहरुले प्राप्त गर्ने सुविधामा र विद्यालयले प्राप्त गर्ने सुविधाका नाममा नितीगत रुपमा नै हामीलाई विभेद गरिएको छ । यो हटाउनु पर्छ हाम्रो नितीगत पहल पनि यही रहने छ ।


सरकारले पनि अहिले ठुलो लगानि गरेर सार्वजनिक विद्यालयहरु राम्रा बनाईरहेको छ । सार्वजनिक विद्यालयहरु राम्रो बन्दै गर्दा हाम्रा विद्यालयहरु पनि राम्रो हुनु पर्छ । निजी लगानिका विद्यालयहरु राम्रा बनाउनका लागि सबै भन्दा पहिला शिक्षकहरुलाई दक्ष बनाउँनु पर्छ । पढाउने शैलिमा विकासका गर्नका लागि शिक्षकलाई तालिम दिने काम गर्छौ , त्यसपछि स्कुलका प्रिन्सिपलहरुलाई नेतृत्व विकासका तालिम दिने काम गर्छौ । पाठ्यक्रममा आधारीत भएर विद्यार्थीहरुको सिकाइलाई अगाडी बढाउने लक्ष्यमा छौँ । आजको आवश्यकता भनेको सिप प्रविधि संस्कार जोडेर कक्षा कोठालाई अगाडि बढाउनु हो । यि कुराहरु गर्नका निम्ति हामीलाई रिसोर्स सेन्टर चाहिन्छ हामी डेभलप गर्छौ । यसको अर्थ हिजो जुन तरिकाले चलेका थियौँ अब यहि तरीकाले हाम्रो भविष्य बन्दैन पठनपाठन गर्ने तरिका परीवर्तन गर्ने बेला आएको छ । समग्र देश भरी चलेका निजी विद्यालयहरुको नयाँ कोर्स निर्माण गर्ने योजना बनाएको छु ।


अर्को जसरी पालिका, जिल्ला, प्रदेश, केन्द्र बनाएर तहगत काम गरएिको छ त्यसैगरी सर्वसाधरणको दैलो सम्म पुग्नका लागि हामीले तहगत विभाग बनाएर अगाडी बढ्छौँ ।


विद्यालयहरुलाई अपगे्रड बनाउछौँ भन्दै गर्दा त्यो लगानि पनि गर्न नसक्ने विद्यालयहरु धेरै छन् उनिहरुका लागि योजना के छ ?


हाम्रो सातौँ पुर्ण बैठकबाट के निर्णय गरेका छाँै भने, विद्यालयको विकासका निम्ति अब त्यस्ता विद्यालयहरुलाई मर्जर गर्नुपर्ने नितीगत निर्णय गरेको छौँ । सबैलाई ठुलो बन्ने रहर छ, ठुलो बनाउँनका लागि विद्यालयमा लगानिको खाँचो छ , बैंक वित्तिय संस्थाहरुलाई आकर्षण गर्नका निम्ति उसले फाइनान्सियल प्रक्षेपण गर्नुपर्छ । त्यसअर्थ त्यस्ता खालका विद्यालयहरुलाई मर्जरको निती पनि दिएका छाँै । रुग्ण भएर बसेका छन् र पाँचवटा विद्यालयहरुलाई जोड्दा एक हजार विद्यार्थी हुन्छन् भने अब वेग्ला वेग्लै रुपमा चलाउनु भन्दा मर्जर भएर सञ्चालन गर्दा विद्यालयको खर्च पनि कम हुन्छ र नाफामा जान सक्छ । त्यसकारणले हामी त्यस्ता विद्यालयहरुलाई मर्जर गरेर भएपनि राम्रा बनाउने पहल गर्छौ र राम्रा भएका विद्यालयहरुलाई अझ राम्रा बनाउन अभिप्रेरित गर्छौ । यो जरुरी पनि छ ।


त्यसै मैले अर्को योजना पनि बनाएको छु । एउटा कोष निर्माण गर्ने तर्फ सोचिरहेका छु । भोलि हाम्रा विद्यालय, शिक्षक, प्रिन्सिपल लगायत सबैलाई आपत विपत पर्दा, विरामि हुँदा सहयोग गर्न सकियोस । देशैभरीका सदस्य विद्यालयहरु त्यसको सदस्य हुने गरी एउटा ठुलो कोषको निर्माण गर्ने योजनामा छौ । र त्यो कोषको सञ्चालन गर्ने जिम्मेवारी प्रमुख सल्लाकारलाई दिने मेरो परीकल्पना छ ।