शिक्षा मन्त्रालयसँगको सम्झौता कार्यन्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकहरुको चेतावनी

काठमाडौं /१ फागुन- नेपाल राहत शिक्षक केन्द्रिय समितिले सरकारले विगतमा गरेको सम्झौतालाई कार्यन्वयमा ल्याउनमा माग गरेको छ । संघर्ष र आन्दोलनको बलमा नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा मन्त्रालयसंग २ पटक सम्झौता भएको जानकारी गराउँदै कार्यन्वयमा ल्याउनमा माग गरेको हो ।


अहिले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच अब बन्ने संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्नुपर्ने शैक्षिक मुद्दाहरुको विषयमा निर्णायक बार्ता चलिरहेको र कार्यदलमा सहमति भएर औपचारीक रुपमा महासंघ र शिक्षा मन्त्रालय विच हस्ताक्षर हुने तयारी रहेको भन्दै राहत शिक्षकहरुले उठाएका मागहरु प्रति वेवास्ता गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।


राहत शिक्षकहरुले उठाएका जायज मागहरुलाई नियोजित ढंगले सम्बोधन नगर्ने गरी मन्त्रालयले तयारी गरिरहेको र सम्झैता अनुसार मागहरुलाई यो वा त्यो बाहानामा डिरेल गर्ने कोशिस भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गरी सम्झौता अनुसार सहमति कायम गर्न विज्ञप्तिमा उल्लेख गरीएको छ ।


साथै सम्झौताको बुँदा नं. ८ अनुसार सहमति कार्यन्वया नभए आक्रमक ढंगले सडकमा उत्रने र सो कार्यमा प्रश्रय दिने शैक्षिक माफिया व्याक्ति वा संस्था प्रतिकुल हुने गरि जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको छ ।