२७ औं जनयुद्ध दिवसमा सार्वजनिक विदा

काठमाडौं /१ फागुन-रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आज फागुन१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले २७ औं ऐतिहासिक जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


माघ २८ गते सुचना जारी गर्दे फागुन १ गते आइतबारका दिन २७ औं ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा मुसिकोट नगरपालिका क्षेत्रभर सार्वजनिक विदा दिइएको जानकारी गराएको छ ।


रुकुम पश्चिमको मुसिकोट नगरपालिका अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्वाचन क्षेत्र पनि हो ।