प्याब्सनले एसईई अभ्यास परीक्षा सञ्चालन गर्ने

काठमाडौं /२९ माघ-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले एसईई अभ्यास परीक्षा सञ्चालन गर्ने भएको छ । प्याब्सन केन्द्रीय परीक्षा समितिद्धारा हुने २०७८ को एसईई अभ्यास परीक्षा फागुन २२ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन गरीने जनाएको छ ।


उक्त परीक्षामा अनिवार्य सहभागि गराउन प्याब्सन केन्द्रीय कार्यसम्पादन समितिले सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका कार्यसमितिहरुलाई निर्देशन दिएको छ ।


साथै परीक्षालाई अत्यान्तै मर्यादित, अनुशासन र व्यावस्थित रुपमा सञ्चालन गर्न र परीक्षा कमिटिहरुलाई प्रभावकारी ढंगले परीचालन गर्न प्रदेश र जिल्ला कार्यसमितिलाई आग्रह गरेको छ ।


एसईई अभ्यास परीक्षाको शुल्क प्रति विद्यार्थी रु ४० रहेको समेत प्याब्सनले जानकारी गराएको छ ।