काठमाडौं /२९ माघ-ललितपुर कुपाण्डोल स्थित प्रगति शिक्षा सदन माध्यामिक विद्यालयले ब्रिटिस काउन्सिलद्धारा आयोजित सन् २०२०-२०२३ को इन्टरनेशनल स्कुल अवार्डप्राप्त गर्न सफल भएको छ ।
२००७ सालमा स्थापित ललितपुरको पुरानो स्कुलमध्येको एक सामुदायिक विद्यालयले ब्रिटिस कउिन्सलले आयोजना गरेको इन्टरनेशनल स्कुल अवार्ड प्रतिस्पर्धाका सन २०१९ मा प्रस्तुत गरेको प्रपोजल स्वीकृत भएसँगै प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको सल्लाह, सुझाव र मार्गनिर्देशनअनुसार आईएसए कमिटी गठन गरी काम अगाडि बढाएको थियो ।
विभिन्न शिर्षकमा आठओटा प्रतिवेदन कक्षा ८,९ र १० का विद्यार्थीको प्रत्यक्ष संलग्नतामा तयार गरीएको थियो । गोदावरी, फूलचोकी डाँडाको प्रत्यक्ष अवलोकन भ्रमण, समुदायस्तरको भ्रमण, भारत, पाकिस्तान लगायत नेपालको संस्थागत विद्यालयको समेत पार्टनर स्कुलको सहकार्यमा उक्त प्रतिवेदन तयार पारी प्रस्तुत गरएिको थियो ।
कोभिड-१९ का कारण एक वर्ष ढिला गरी सो अवार्ड घोषणा गरीएको थियो । ललितपुर जिल्लाका सामुदायिक विद्यालयमध्ये यस वर्ष अवार्ड प्राप्त गर्न प्रगति शिक्षा सदन एक मात्र विद्यालय बनेको छ । ऐतिहासिक यस उपलब्धिमा प्राप्त गर्न पाउँदा आफू र सिंगो विद्यालय परिवार गौरवान्वित भएको प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले बताए ।
विद्यार्थी, शिक्षक, अभिभावकको संयुक्त प्रयास, सहकार्य र कुशल नेतृत्व हुन सकेमा यस प्रकारका सफलता पाप्त हुन सक्ने उदाहरण प्रगति शिक्षा सदन माध्यामिक विद्यालयले प्रस्तुत गरेको छ । यसबाट प्राप्त हुने अवार्ड आर्थिक रुपमा नभई विद्यालयलाई अन्तराष्ट्रियस्तरमा परिचित गराउन मद्दत पुग्ने कुरा सो कार्यक्रमका संयोजक डोरप्रसाद भण्डारीले बताए ।



