काठमाडौं/२९ माघ-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह मन्त्रालय र शिक्ष विज्ञान तथा प्रविधि मन्त्रालयलाई गरिएको सिफारस अनुसार फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
कोभिड-१९ संकट व्यावस्थापन समन्वय केन्द्रको सिफारसि अनुसार कार्यन्वयन गर्न आवश्यक व्यावस्था मिलाउन सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।
कोभिड १९ संकट व्यावस्थापन समन्वय केन्द्रले माघ २३ गते विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य कुनै प्रकारका शैक्षिक क्रियाकालापहरु जनस्वस्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतबाट सञ्चालन गर्न सिफारिस गरेको थियो ।
त्यसैगरी विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीहरुका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्ष विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारस गरेको थियो ।




