काठमाडौं/२१ माघ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिकाको प्रक्रियालाई अगाडी बढाएको छ । शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिकाको ड्रफ्ट तयार भईसकेको र यसलाई कानुनि दृष्टिकोणबाट हेर्ने काम भइरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिकाको ड्राफ्ट तयार भएर केही विषयमा छलफल भईरहेको र कानुनि आधारहरु हर्ने काम भइरहेको जनाएको हो ।
निर्देशिका नबन्दा शैक्षिक परामर्श संस्थाको नवीकरण र दर्ता प्रक्रिया २०७४ मागदेखि बन्द गरीएको र त्यसयता गैरकानूनी रुपमा संचालन गर्न बाध्य भएका छन् । शैक्षिक परामर्श संस्थाहरुलाई केन्द्रीय सरकार अन्तर्गत राख्ने की प्रदेश सरकार अन्तर्गत राख्ने भन्ने विषय टुंगो नलाग्दा शैक्षिक परामर्श संस्था नवीकरण विना संचलन गर्न बाध्य भएका हुन् ।
अब बन्ने निर्देशिकाले शैक्षिक परामर्श संस्थाहरु केन्द्रीय सरकार अन्तर्गत रहने भएको छ । उच्च अध्ययनमा विदेश जाने विद्यार्थीका लागि परामर्श दिने संस्थाहरुलाई नियमन गर्ने, अनुगमन गर्ने, मापदण्ड निर्धारण गर्ने लगायतका सबै केन्द्रीय सरकार अन्तर्गत हुनेछ ।
विदेशी मुद्राको सटहि, शैक्षिक प्रमाण पत्रको समकक्षता र प्रमाणिकरण, कुटनितिक नियोगसँगको सञ्चार समन्वय, भिषा प्रक्रिया तगायतका विषयमा प्रदेश सरकार र स्थानीय तहलाई कानुनि अधिकार नरहेका कारण शैक्षिक परामर्श संस्थाहरुलाई केन्द्रीय सरकार अन्तर्गत राख्ने गरी प्रक्रिया अगाडी बढाइएको छ । यो सँगै विदेशी विद्यार्थी , भाषा पढाउन आउने विदेशी प्रशिक्षकहरुको श्रम स्विकृती पनि केन्द्रीय सरकार अन्तर्गत हुनेछ ।
त्यसैगरी नेपाल भित्रकै विद्यालय (कक्षा १२ ) सम्मको परामर्शका लागि स्थानीय तहले अनुमति दिनपाउने व्यावस्था गरिएको छ । त्यस्ता शैक्षिक परामर्श संस्थाहरुलाई स्थानीय तहले नै अनुमति दिने, नियमन गर्ने, अनुगमन गर्ने लागायतको अधिकार स्थानीय तहलाई दिएको छ ।
नेपाल भित्रका उच्च शिक्षाको सवालमा शैक्षिक परामर्श दिने संस्थाहरु संचालनको अनुमती प्रदेश सरकारले दिन सक्ने छ । उनिहरुलाई अनुमति दिने, नियमन गर्ने, अनुगमन गर्ने लगायतका कार्य प्रदेश सरकार अन्तर्गत हुनेछ ।
शैक्षिक परामर्श संचालनका लागि धरौटीको विषयलाई पनि समावेश गरीएको छ । स्रोतका अनुसार धरौटीको सवालमा एक करोडबाट छलफल सुरु गरीएको जनाएको छ । एक करोड सम्मको धरौटी राख्नुपर्ने वा बैंक ग्यारेन्टी हुनुपर्ने अथवा कति धरौटी राख्ने भन्ने बारे मन्त्रालयमा छलफल चलिरहेको स्रोतको भनाई छ । स्रोतका अनुसार धरौटी भने अनिवार्य रुपमा लागु गरीने छ ।
त्यस्तै नवीकरण गर्दा कारेवारको १० प्रतिशत नवीकरण शुल्क राख्ने की नाफाको १० प्रतिशत शुल्क राख्ने भन्ने बारे छलफल भएको मन्त्रालय स्रोतले बताएको छ । यसरी निर्णय गर्दा कानुनि आधार हेरेर दोहोरो नपर्ने गरी निर्देशिकामा व्यावस्था गर्ने तयारी भएको छ । शैक्षिक परामर्श संस्थाहरुले मेला आयोजना गर्दा सरकारलाई तिर्नुपर्ने राजस्व पनि वृद्धि हुने भएको छ ।
अनुमति लिएका शैक्षिक परामर्श संस्थाहरुले शाखा खोल्न , गतल प्रचार प्रसार गर्न, झुट विवरण राख्ने जस्ता कार्य गर्न पाउँने छैनन् । अहिले अधिकांश शैक्षिक परामर्श संस्थाहरुले विदेश तथा नेपाल भित्र आफ्नो शाखाहरु रहेको भन्दै प्रचार प्रसार गर्ने गरेका छन् । साथै विदेशि लगानीको विषयमा निर्देशिकामा कहि कतै उल्लेख नगरिएको स्रोतले बताएको छ ।
बन्दै गरेको निर्देशिका जारी गरिए पछि २०७४ साल भन्दा अगाडि दर्ताका लागि निवेदन दिएका शैक्षिक परामर्श संस्था तथा नवीकरणका लागि भौचर दिएकाहरुलाई कसरी व्यावस्थापन गर्ने भन्ने विषयलाई पनि टुंगो लगाइने मन्त्रालयले जनाएको छ ।
निर्देशिकाबारे शैक्षिक परामर्श छाता संगठनका केही व्याक्तिहरुसँग वेग्लावेग्लै बोलाएर राय लिइएको मन्त्रालयल स्रोतले जनाएको छ । स्रोतले भन्यो “हामीले सरोकारवाला संगठनका केही व्याक्तिहरुलाई वेग्लावेग्लै बोलाएर राय लिइसकेका छौं । अब उहाँहरुलाई बोलाएर खासै छलफल गर्नुपर्ने विषय देखिदैन ।”
मन्त्रालयले संगठनका व्याक्तिहरुलाई वेग्लावेग्लै बोलाएर राय लिएपनि ति व्याक्तिहरुले संगठन भित्र कुनै पनि कुरा नगरेको देखिएको छ । खबर एजुकेसनले संगठनका केही जिम्मेवार व्यात्तिहरुलाई यसबारे बुुझ्दा आफु जानकार नरहेको र कुनै छलफल नभएको बताएका छन् ।
शैक्षिक परामर्श संस्थाका केही संचालकहरु धरौटी राख्नुपर्नेमा जोड् गर्दे आइरहेका छन् । उनिहरुले सकेसम्म धेरै धरौटी राख्नुपर्ने बताउदै आएका छन् । यसरी धेरै धरौटी राख्दा साना परामर्श व्यावसायीहरु विस्थापित भइ बजारमा एकाधिकार हुने र विद्यार्थीहरुको चाप आफुहरुकोमा बढ्ने भन्दै धेरै धरौटी राख्नुपर्ने माग गर्दे आएका छन् ।
अहिले १ हजार ४ सय ७३ शैक्षिक परामर्श संस्थाहरु नवीकरणको पर्खाइमा रहेका छन् ।



