काठमाडौं /२१ माघ-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएस्सी भर्नाका लागि आवेदन माग गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तहका लागि आवेदन माग गरेको हो ।
भर्नाका लागि इच्छुक विद्यार्थीहरुका लागि प्रवेश परीक्षा कार्यक्रम प्रकाशित गरीएकाले माघ २३ गतेदेखि अनलाईन मार्फत आवेदन दिन सकिने जनाएको छ ।




