यस वर्षको “इन्टरनेशनल लिडर एण्ड एचिभर्स अवार्ड २०२२” बाट ग्लोवल विङस् सम्मानित

काठमाडौं २० माघ यस वर्षको “इन्टरनेशनल लिडर एण्ड एचिभर्स अवार्ड २०२२” नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम गराउने नेपालकै उत्कृष्ट संस्था ग्लोवल विङस् इन्टरनेशनल एयर होस्टेस ट्रेनिङ एकेडेमीले प्राप्त गरेको छ । विश्वप्रशिद्ध शैक्षिक संस्थहरुलाई गुणस्तरको आधारमा प्रदान गरिदै आएको यस वर्षको अवार्ड नेपालबाट ग्लोवल विङ्स इन्टरनेशनल एयर होस्टेस ट्रेनिङ एकेडेमीले प्राप्त गरेको हो ।


एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न उल्लेख्य भूमिका रहेको ग्लोवल विङस् इन्टरनेशनल एयर होस्टेस ट्रेनिङ एकेडेमीलाई “ आउस्टेन्डिङ भोकेस्नल ट्रेनिङ इन्स्टिच्युट अवार्ड” को उपाधि प्रदान गरीएको हो ।


“इन्टरनेशनल लिडर एण्ड एचिभर्स अवार्र्ड २०२२” का अवसरमा आयोजित उक्त कार्यक्रममा अन्तराष्ट्रिय स्तरमा प्रशंसित १० वक्ताका साथ ५० देशका करीब २ सय ५० भन्दा बढी शिक्षा क्षेत्रका व्याक्ति तथा संस्थाहरुले भाग लिएका थिए ।


ग्लोवल विङस् इन्टरनेशनल एयर होस्टेस ट्रेनिङ एकेडेमीले यस अघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अवार्ड र सम्मान प्राप्त गर्न सफल भइसकेको छ ।

काठमाडौंको पुतलि सडकमा अवस्थित नेपाल कै नाम चलेको उत्कृष्ट एयर होस्टेस ट्रेनिङ गराउने यस संस्थाले एक दशक भन्दा बढी समयदेखि यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दे आइरहेको छ । यसै अन्तर्गत नेपाल लगाएत विश्वका विभिन्न नाम चलेका प्रतिष्ठित वायुसेवा कम्पनीहरुमा यस संस्थामा ट्रेनिङ लिएका एयर होस्टेसहरुले रोजगार प्राप्त गर्न सफल भएका छन् ।