संस्कृत शिक्षाको संरक्षण र सांस्कृतिक सुरक्षा

काठमाडौं /२० माघ-मानव संरचनामा ज्ञानविज्ञान र चेतनाका मुख्य आधार साहित्यिक सिर्जना र भाषा संस्कृतिहुने गरेको पाइन्छ । प्राचीन समयमा भौतिक विशालताका प्रतीक आफैँ निर्मित हिमाल, पहाड तथा समुद्र जस्ता प्राकृतिक स्वरुपका संरचना मात्र थिए । प्रकृतिको संरचना तथा ईश्वरको निर्माणमा सबै निर्भर हुन्छ भन्नु बाहेक मानवसंग केहीकुनै आधार नहुँदा कल्पनाका सिर्जना साहित्य, पशुपन्छीका बोलाइ, जीवजन्तु र बादल, प्राकृतिक ऋतुहरु सबै सञ्चारका माध्यम र सपनाका आधार बनाइएका थिए ।


आश्चर्यमय संसारमा अवश्यक कुनै अदृश्य शक्ति छ, उसैले सारा संसारका प्राणी, जीव र जगतलाई चलाइ रहेछ भन्ने काल्पनिक प्रवाहवा ईश्वरीय शक्तिको उदय गरियो । ब्रह्मा, विष्णु, महेश्वर, सरस्वती, लक्ष्मी, महाकाली जस्ता देवदेवीको सिर्जना हुन थाल्यो । राम, कृष्ण, बुद्ध जस्ता नामधारी अवतारी पुरुष, अनेकौँ महात्मा र सिद्ध नरनारीहरु देवदेवीका जन्म जन्मान्तरका कथासित जोडिन थाले । संसारको विशालता साथ साथै, जहाँका मानिस, सभ्यता र संस्कृति जस्तो स्वरुप र विश्वासमा आधारित थियो, त्यही रुपमा अद्भूत क्षमता, शक्ति र सामथ्र्यका प्रतिभा शालीहरुको जन्म हुनथाल्यो ।


प्रभु ईशु, मोहमद पैगम्बर, जैन, शिख, बौद्ध, हिन्दूहरुका तेत्तीस कोटी स्वरुपका देवदेवीको सिर्जना साहित्य रचना, स्तुतिगान, वेद, उपनिषद, महापुराण, पुराण, धर्मशास्त्र, नीति, स्मृति धर्मग्रन्थ, इतिहास, पुराणका रामायण, महाभारतका साथसाथै पूर्वीय जगतमा श्रीमद्भगवतगीता जस्ता संस्कृत भाषाका माध्यमबाट अलौकिक वर्णन र सामथ्र्यका ग्रन्थहरुको अस्तित्व विस्तार गर्दै पठनपाठन गर्न, गराउन थालियो ।


तापनि करोडौँ, लाखौँ, हजारौँ, सयौँ वर्षदेखि यी कुनै वैज्ञानिक आधार नभएका कुरा, बगम्फुसे इतिहास, धर्मशास्त्र र पुराणहरुको पछाडि नलागौँ भनी वैज्ञानिकता यस्तो हुन्छ भन्दै विज्ञान, भौतिक निर्माण, शरीर विज्ञान, स्वास्थ्य क्षेत्रमा कामहुँदै आएको छ । तर पनि संसारमा मानिसले चाहेको सबै क्षेत्रमा सफलता र मर्ने, मार्ने, बच्ने, बचाउने र आयु घटाउने र बढाउने कार्यमा, सुख तथा दुखको नियमन गर्न सकिरहेका छैनन् । यसैले प्राचीनकाल, आधुनिककाल कुन समय बढी वैज्ञानिक, सुखी र समृद्ध भनीप्रश्न उठिरहेको पाइन्छ ।


संस्कृत भाषाको वैभवशाली इतिहास र आधुनिककालमा संस्कृत भाषा प्रतिको पूर्वाग्रह :
पूर्वीय जगतमा देवभाषा, ज्ञान विज्ञानको मुख्य आधार वेद, उपनिषद, महापुराण र पुराणसहित समग्र साहित्यहरुको सिर्जना संस्कृत भाषामा गरिएका थिए । संस्कृत भाषा साहित्यको स्थानमा अन्यकुनै भाषा साहित्यको तुलना हुँदैन्थ्यो । गीता, रामायण जस्ता सबै ज्ञानविज्ञान र दर्शनशास्त्रका विषयहरु मात्र होइन संस्कृत भाषालाई नै प्रायः राजकाजको शासन प्रशासनको माध्यम भाषाको दर्जा समेत प्राप्त थियो । यसैले जन भाषामा दरवारिया भाषा र ठूला भारदार तथा सामन्तहरुको प्रयोगको भाषा भनिन थालियो ।


संस्कृत भाषा विज्ञानसम्मत प्रयोग नहुनेका लागि प्रयोगमा कठिन भएकाले सर्वसाधारणको पहुँच बाहिर हुनथाल्यो । संस्कृत भाषाका विद्वानहरुले मानव स्वभाववश सत्ता, शक्ति र राजकीय वैभवले आकर्षित भएर स्तुतिपरक महाकाव्य, साहित्य सिर्जनामा आफूलाई समर्पित गरे । कतिपय सन्दर्भमा संस्कृत भाषा, साहित्यले भाट संस्कृतिको बाटो समायो र चाटुकारबाट राजा, महाराजा, सामन्तहरुको फोस्रो गुणगानको प्रश्रय पनि पायो । फलत ः कर्मशील जनताको रोजगारी तथा पेसागत सीपका पक्षपातीहरुले अत्यधिक देवस्तुति, राजस्तुतिका प्रशस्तीहरुलाई आधुनिक आलोचक तथा समाज सुधारकहरुले रुचाएनन् र संस्कृतज्ञहरुप्रति नै वितृष्णा जगाइयो ।


यो विकृति र विसंगतिलाई समुल नष्ट गरी आफ्नो प्राचीन वैभव र सभ्यता, संस्कृतिका साथै ज्ञान विज्ञानको समुन्द्र संस्कृत भाषामाथि आधुनिक विज्ञ भनिनेहरुबाट पूर्वाग्रही व्यवहार हुनु र राज्य, सरकार तथा आमजनता त्यसैका पछाडि कुद्नु अधोगतिको मुख्य कारण हो भन्न सकिन्छ ।


संस्कृत भाषा, साहित्य भण्डार तथा ज्ञानविज्ञान क्षेत्रका विषय विशाल तथा गहन छ भन्ने प्रमाणित गर्न सक्ने सामथ्र्य नेपाल संस्कृत विश्वविद्यालयले गर्नु पर्दछ । यति विशाल कार्यक्षेत्र तथा पेसागत क्षमताको भण्डारको संस्कृत भाषाको महत्तालाई आधुनिककालमा विस्तार गर्न नसकिनुका पछाडि दोषी को ?


धार्मिक महापुरुषहरुको मात्र ठेक्का होइन संस्कृत शिक्षा :
अंग्रेज मुक्त वैधानिक भारत राज्यको स्थापनाहुँदा स्वतन्त्र भारतीय सरकारका लागि पुरानो भारत वर्षको गौरव, आर्यावर्तको सानको रुपमा संस्कृत शिक्षा प्रणाली र धार्मिक, सांस्कृतिक प्रतिष्ठानहरु हुन् भन्ने कुनै चेतना रहेन । धर्म निरपेक्षताको आडमा आत्मिक धार्मिक, सांस्कृतिक स्वपनको रक्षा तथा संस्कृत शिक्षा प्रणाली विकास र संरक्षणप्रति कुनै चासो नै रहेन । त्यस बेला भारत पाकिस्तानको बट्वारामा पाकिस्तानको भागमा पर्ने भूमिलाहौर रावलपिण्डीमा अवस्थितनाथ सम्प्रदायका शिवनाथबाट सञ्चालित हरिहर धार्मिक पीठ तथा मोतीनाथ संस्कृत महाविद्यालयठूलो संकटमा प¥यो । शरणागत रुपमा भारतको राजधानी दिल्लीमा आएका योगी रामनाथले रमेश नगरमा विशाल शिवनाथ द्रष्टको संस्थापक तथा सञ्चालक भएर सांस्कृतिक तथा धार्मिक योगाश्रमलाई निरन्तरता दिए ।


श्रद्धेय महापुरुष रामनाथ योगीको अनुपम शैक्षिक समाजसेवाको उत्कृष्ट उदाहरण मोतीनाथ संस्कृत महाविद्यालय रह्यो, जहाँबाट सयौँ नेपाली विद्यार्थीहरुले शिक्षा दीक्षाप्राप्त गरेका थिए । ती महापुरुषको अभिभावकीय छत्रछायामा सन् १९७९—१९८४ सम्म यस पंक्तिकारले पनि शिक्षार्जन गर्ने अवसर पाएको थियो । विशाल आश्रमको निमार्ण, विभिन्न सामाजिक कल्याणका कार्य र संस्कृत शिक्षाको उत्थानमा योगीको अविस्मरणीय योगदान थियो । तर दुखका साथ भन्नु पर्दछ, ती योगीको अन्तसंगै आश्रम, सामाजिक कल्याणका कार्य, आश्रमको सार्वजनिक सम्पत्तिको हिनामिना तथा अनाधिकृत अतिक्रमणले महापुरुषहरुको योगदानको भारत जस्तो हिन्दू र हिन्दूत्वको साम्राज्य भएको देश, मोदी शासनमा समेत अवमूल्यन गरिरहेको छ ।


साथै नेपालमा पश्चिमा सत्ता, शक्ति र प्रभावमा संस्कृत, संस्कृति र धार्मिक आस्थामाथि घात गर्न कसमखाएका हामी कुपात्रहरुले के गरिरहेका हौँला ? नेपालमा सुनिन्छ, पशुपतिनाथदेखि लिएर अछामको बैधनाथसम्म, हिमालदेखि मधेशका सीमावर्ती क्षेत्रसम्म जतासुकै धार्मिक, सांस्कृतिक, शैक्षिक प्रतिष्ठानहरु चौबाटोमा छाडिएका छन् । दाताहरुले दानदिएर संस्कृत शिक्षा तथा स्वर्गद्वारी आश्रमकालागि समर्पित दांगको देउखुरीको हजारौँ बिघा जमिन अतिक्रमण भएकोप्रति कसैको चित्तदुख्दैन । संस्कृत शिक्षा तथा प्राचीन धर्म, आध्यात्मिकता र सांस्कृतिक ज्ञानका केन्द्रहरु नियमित आयस्रोतको अभावमा बन्दहुने वा संरक्षणको अभावमा घिटघिट भएकोप्रति कसैको ध्यानाकर्षण भएको छैन ।


संस्कृत शिक्षाको संरक्षण र सांस्कृतिक सुरक्षा :
भारतमा अवैद्यनाथको उत्तराधिकारी वर्तमान उत्तर प्रदेशकामाननीय मुख्यमन्त्री योगीनाथ आदित्यनाथ, साधु सन्तका भक्त भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय धर्म संस्कृतिको लागि संघर्षरत भारतीय जनता पार्टी र हिन्दूवादी राष्द्रिय स्वयम् सेवक संघको राजनीतिक वर्चस्व भएको कालमा भारतीय धार्मिक, सांस्कृतिक तथा वैदिक, पौराणिक तथा अर्वाचीन संस्कृत भाषा, साहित्य र संस्कृतिको सम्बर्धन, संरक्षण तथा विश्वमा वैज्ञानिक प्रमाणसहित संस्कृत शिक्षाको उपादेयता स्थापित हुन नसकेमा भविष्यमा कोसँग आशा गर्ने ? भारत वर्षमा संस्कृत शिक्षा प्रणालीलाई आधुनिक शिक्षाको सशीलशक्त वैकल्पिक र वैज्ञानिक मापदण्डमा सञ्चालन गर्न, गराउन तथा साधु, सन्त, सन्यासी, योगीहरुको साथ र विश्वासमा अगाडि बढाउन, संस्थागत निरन्तरताका लागि सनातनी वर्णाश्रम पालनाको नागरिक चेतना वादानशील गृहस्थ संस्कार शिक्षाको जग हाल्नै पर्ने हुन्छ ।


नेपालका योगीराजहरु खप्तड स्वामी, स्वामी शिवपुरी बाबा, योगी नरहरिनाथ, स्वामी प्रपन्नाचार्य, स्वामी परमानन्द, , हरिहरानन्द, स्वामी भागवता नन्द, स्वामीचन्द्रेश, स्वामीबाल सन्तजगदगुरु, स्वामी कमलनयन, योगी श्रीषनाथ जस्ता ईश्वर साधक, देव तथा पृथ्वीलोक र समग्र मानव जीवनको कल्याण खातिर आफ्नो जीवन समर्पित गरेका श्रद्धेय स्वामीहरुको प्रयासमा मात्र धर्म, संस्कृति, संस्कृत शिक्षा सञ्चाल नहुन सक्छ भन्ने मान्यतालाई बदलेर आमजनताको मुख्य चासोमा वैदिकता, पौराणिकता, सांस्कृतिक, धार्मिक, आध्यात्मिकताको जग संस्कृत शिक्षा सम्बर्धन र संरक्षण हुने व्यवस्था आधुनिक सभ्य समाजका नागरिकहरुले जिम्मालिनु पर्दछ ।


अन्यथा रामनाथ योगीजीको देहावसान पछिको मोतीनाथ संस्कृत महाविद्यालयको सम्पत्ति हरणको दुरावस्था झैँ भारत तथा नेपालका सबै धार्मिक, सांस्कृतिक, शैक्षिक प्रतिष्ठानहरुको चलअचल सम्पत्तिमाथि अतिक्रमण हुने छ । नेपाल तथा भारत दुवै देशमा संस्कृत अध्ययन, अध्यापन र आत्मज्ञान, आध्यात्मिकता जस्ता सांस्कृतिक धार्मिक गतिविधि छिट्टै बन्दहुने छन् । यो अवस्था सिर्जना हुनु बसुधैव कुटुम्बकम्, असतोमा सदगमय, तमसोर्मा ज्योतिर्गमय, मृत्योर्माअमृतम् गमय, सर्वे भवन्तु सुखिनःसर्वे सन्तुनिरामयाः । सर्वे भद्राणि पश्यन्तु माकश्चिद दुखभाग्जनः ।। लोककल्याणकारी भावको आदर्श समाप्त हुनेछ ।


ईश्वरीप्रसाद पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।