काठमाडौं/८ माघ-पूर्वाञ्चल विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । कोभिड -१९ को संक्रमणका कारण जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गरेको हो ।
विश्वविद्यलायले शुक्रबार सूचना जारी गर्दे पूर्व प्रकाशित तालिका अनुसार सबै संकय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रम ( वर्ष/सेमेस्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरु माग मसान्तसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।




