पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ र विज्ञान संकायको स्नातक तहमा नयाँ भर्ना खुला

काठमाडौं /२१ पुस-पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ र विज्ञान तथा प्रविधि संकायले स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाका लागि आवेदन आह्वान गरेको छ । आंगिक एवं सम्बन्धन प्राप्त कलेजहरुमा सञ्चालित इञ्जिनियरिङ र विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन आह्वान गरेको हो ।


साथै शैक्षिक सत्र २०७८/०७९ मा नयाँ भर्नाको प्रवेश परीक्षाका लगि अनलाइन आवेदन फाराम आह्वान गरेको जनाएको छ । विश्वविद्यालयले तोकेको योग्यता पुगेका इच्छक विद्यार्थीहरुले अध्ययन गर्न चाहेको विषय र शैक्षिक संस्थाको छनौट गरी अनलाइनबाट आवेदन दिन सकिने जनाएको छ ।


आवेदक परीक्षार्थीहरुले प्रवेश परीक्षाको अनलाइन फारम भरेपछि तोकिएको शुल्क तिरी माघ ५ गतेसम्म र दोब्बर दस्तुरमा माघ ९ गतेसम्म बुझाउनुपर्ने छ ।