काठमाडौं २१ पुस उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरीएको भर्चुअल ईडीयू फेयर – २०२२ अहिले सञ्चालन भइरहेको छ । देशका विभिन्न कलेज, विषय र करीयरका बारेमा परामर्श दिने उदेश्यले भर्चुअल ईडीयू फेयर मेला आयोजना गरिएको हो ।
पुस-१९ गतेदेखि १५ दिनकालागि सञ्चालन हुने मेला विद्यार्थीहरुले घरमै बसेर अनलाइनबाट भ्रमण गर्न सक्ने छन् । साथै करीब एक सय भन्दा बढी कलेजहरुको सहभागि रहेको भर्चुअल शैक्षिक मेलामा विद्यार्थीहरुले विश्वविद्यालयको पाठ्यक्रम, इञ्जिनियरीङ्ग, व्यावस्थापन,साइन्स, आइटी तथा विभिन्न विषयको जानकारी, अध्ययन गर्दा लाग्ने शुल्क, अध्ययन पश्चात रोजगारको अवसर, कलेजमा अध्ययन गराउने शिक्षक, पुस्तकालय, ल्याव,सेमिनार हल,भवन र कलेजहरु विच तुलना गरी अनलाइन बाटै भर्ना गर्न पाउने लगायतका सुविधा प्रयोग गर्न सक्नेछन् ।

कलेज रिडर्सले आयोजना गरेको भर्चुअल ईडीयू फेयर – २०२२ को सुभारम्भ समारोहमा बोल्दै उपकुलपति अर्यालले नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्दै विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई नेपालमै शिक्षाको लागि आकर्षण गर्न विश्वविद्यालयका कार्यक्रम सक्षम भएको बताएका छन् ।
उनले निजी शिक्षणसंस्थासँग सहकार्य गर्दै नयाँ विषय थप गर्दै गुणस्तरीय शिक्षा दिन सके विद्यार्थीलाई नेपालमै रोक्न सकिने बताए । पोखरा विश्वविद्यालय व्यवस्थापकीय जनशक्ति उत्पादनमा देशमै एक नम्बरमा रहेको र यहाँका उत्पादनले रोजगारको अवसर पाइरहेको छन् । ’शिक्षालाई जिवनसँग जोड्न सक्नुप¥यो । विदेशमा एउटा फ्ल्याटमा चलेका कलेजमा विद्यार्थी अध्ययनको नाममा पलायन भइरहेका छन् । यसलाई रोक्न विश्वविद्यालयलाई गाउँगाउँमा पु¥याउन र नयाँ विषय थप गर्न दिनुपर्छ । ऐन परिवर्तन गर्नुपर्ने हो भने गर्नुप¥यो । नयाँ कलेजलाई सम्बन्धन दिएर भए पनि सिट संख्या बढाउनुप¥यो।नेपालमै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन हामी सक्षम छौं ।’
कलेज रिडर्स म्यागजिनले आयोजना गरेको मेलामा अफियल मिडियामा खबर एजुकेशन रहेको छ । त्यसैगरी हिसान, ओपेन र ऐकोन सहकार्य रहेको छ भने विभिन्न कलेजहरुको सहयोग रहेको छ ।




