शीतलहर सुरु भएपछि विद्यालय बन्द

वीरगञ्ज/२० पुस-शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको हो ।


अत्याधिक चिसो बढ्दै गएपछि जनजिवन कस्टकर बन्दै गएका कारण जिराभवानी गाउँपालीका भित्रका सम्पूर्ण विद्यालय ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रामप्रित महतोले जानकारी दिए ।