काठमडौं /१७ पुस-राष्ट्रिय चिकित्सा शिक्षा आयोगले शिक्षण संस्था गाभिन सक्ने व्यावस्थाका लागि राय सुझाव पेस गर्न अनुरोध गरेको छ । नियमावली २०७७ को नियम ३९ बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यावस्थाको कार्यन्वयनका लागि मापदण्ड तयार गर्न सरोकारवालासंग राय सुझाव माग गरेको हो ।
आवश्यक राय, सुझाव सहित पुस २२ गतेभित्रमा उपल्बध गराई सहयो गरिदिनुहुन सबै विश्वविद्यालय, शिक्षण संस्था र सम्बद्ध सरोकारवालालाई अनुरोध गरिएको छ ।



