सरकार र केसीबीचको सम्झौताले विदेश विद्यार्थी पठाउने कम्पनीलाई फाइदा भयो : ओली


काठमडौं /१७ पुस-नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र वरिष्ठ चिकित्सक गोविन्द केसीबीच भएको सम्झौता गलत रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले गरेको सम्झौताले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको आरोप लगाएका हुन् ।


शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले डा. केसीसँग सरकारले गरेको नौ बुँदे सम्झौताले विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई टेवा पुगेको भन्दै आलोचना गरे । उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पुगेको बताए ।


ओलीले भने, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौं बुँदे सम्झौता गरे रे ! ७ वटा माग पूरा गर्न नौ बुँदे सम्झौता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाईदैन । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरु बर्बाद हुन्छन् ।’
उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे ।

यस्तो छ नै बुँदे सम्झौता

‘