रुपन्देही/१४ पुस-चिसो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु दुई दिनको लागि बन्द गर्ने निर्णय गरेको हो ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारणले विद्यार्थीहरुको स्वस्थ्यलाई ख्याल गर्दे पुस १५ र १६ गते सबै विद्यालयलाई विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।
साथै दुई दिन दिइएको विदालाई हिउँदे विदाबाट मिलान गरीने गरी निर्णय गरीएको जनाएको छ ।



