यस्तो छ प्राथमिक तहमा शिक्षक पदपूर्तिका लागि गरिएको पूर्ण विज्ञापन

काठमाडौं /१४ पुस-शिक्षक सेवा आयोगले प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगले सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।


आयोगले पुस १४ गतेदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा र माग २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरेको छ । साथै चैत्र १९ गते परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसैगरी परीक्षा आवेदन फारम अनलाइनबाट नै भर्ने व्यावस्था गरेको छ ।