काठमाडौं /१० पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जनशक्ति विकास योजना तथा समन्वय शाखाले प्रविधिक तथा व्यावसायिक शिक्षा महाविद्यालयहरुमा उपलब्ध शैक्षिक सेवासुविधा, सहुलियत तथा छात्रवृत्तिसम्बन्धी अध्ययन थालेको छ ।
मुलुकको मानवपूँजी जनशक्ति विकासका प्रारम्भिक अधार के के हुन सक्छन् भन्ने उदेश्यका साथ मन्त्रालयले प्रविधिक तथा व्यावसायिक शिक्षा महाविद्यालयहरुमा उपलब्ध शैक्षिक सेवासूविधा, सहुलियत तथा छात्रवृत्तिसम्बन्धी अध्ययन थालेको हो ।
मन्त्रालयले मुलुकको मानवपूँजी विकाससम्बन्धी आधारभूत जग हाल्ने प्रविधिक तथा व्यावसायिक शिक्षा महाविद्यालयहरु भएकोले मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखाबाट काम थलिएको जानकारी गराउँदै प्रत्येक महाविद्यालयबाट प्रवेशिका तहका छात्र र छात्रा ४ जना, प्रि डिप्लोमा तहका छात्र र छात्रा ४ तथा डिप्लोमाका छात्र र छात्रा ४ जना सहित १२ जना गरी प्राविधिक व्यावसायीक शिक्षामा अध्यपन हुने सबै विषयका विद्यार्थीहरुको समावेशिता र सहभागिताका आधारमा फाराम भरेर पठाउन भनिएको छ ।
त्यस्तै प्रवेशिका शिक्षक र डिप्लोमाका शिक्षक २ जना तथा प्राचार्य ३ जना गरी १५ जनाको फारममा दिइएको निर्देशन अनुसार स्पष्ट भरेर पठाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
साथै अध्ययनबाट नेपाल सरकारका लागि मुलुकको जनशक्ति विकास, नीति, योजना तथा शैक्षिक एवं पेसागत व्यावसायिक तालिम कार्यक्रमहरु निर्धारण गर्न सहयोग हुने अपेक्षा रहेका कारणले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने महाविद्यालयहरुबाट उपलब्ध शैक्षिक सेवासूविधा, सहुलियत तथा छात्रवृत्ति, पठनपाठन, विज्ञान तथा प्रविधि र प्रविधि तथा व्यवसायिक शिक्षा लगायत शिक्षक पेसागत सहयोग र आ आफ्ना भोगाई अनुभूतिहरु खुलेर फाराममा लेखि पठाउन भनिएको छ ।
दुइ किसिमका फाराम प्रविधिक तथा व्यावसायिक शिक्षा महाविद्यालयहरुमा पठाइसकिएको र कक्षाका विद्यार्थी, शिक्षक, प्राचार्यबाट भरी भराई प्रमाणित गरी पौष मसान्तसम्म पठाउन भनिएको छ ।




