इन्डो वर्ल्ड एजुकेसन कन्सल्टेन्सीको स्टडी इन इन्डिया जिङ्गल फेयर सम्पन्न

काठमाडौं /१० पुस-लामो समय देखि भारत अध्ययनमा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको इन्डो वर्ल्ड एजुकेसन कन्सल्टेन्सीले स्टडी इन इन्डिया जिङ्गल फेयर सम्पन्न गरेको छ । तिन दिन सम्म सञ्चालन गरिएको उक्त फेयरमा विद्यार्थीहरुको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न भएको छ ।


भारतका १० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिको उपस्थितिमा पुस ७ देखि ९ गते सम्म सञ्चालन गरीएको फेयरमा करीब ५ सय विद्यार्थीले भारत अध्ययन बारे जानकारी लिएको अप्रेसन म्यानेजर प्रमोद खड्काले बताए । उनले विद्यार्थीले भारत अध्ययनमा जाँदा कस्तो विश्वविद्यालय जाने, छात्रवृत्तिको व्यवस्था के छ, कसरी आवेदन दिने र अध्ययन पश्चातको अवसरका बारेमा जानकारी लिएको बताए ।


खड्काले अहिले अवस्था सामान्य बन्दै गइरहेको र कन्सल्टेन्सीले सन् २००६ देखि भारत अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिदै आएकाले विद्यार्थीले विश्वास गरेर बाक्लो उपस्थित भएको बताए । इन्डो वर्ल्ड एजुकेशन कन्सल्टेन्सीबाट परामर्श लिएर भारत अध्ययनमा गएका धेरै विद्यार्थीहरु अहिले राम्रा राम्रा कम्पनिहरुमा उच्च पदमा रहेर काम गरेको समेत उनले बताए ।


त्यस्तै कम्पनिका अध्यक्ष शिव प्रसाद अर्यालले आफुले विगत २० वर्ष देखि भारतीय शिक्षाको बारेमा परामर्श दिदै आएको जानकारी दिए । उनले विद्यार्थीको संख्यामा भन्दा गुणस्तरीय शिक्षालाई ध्यान दिने र त्यसै अनुसारको परामर्श दिदै आएको बताए ।


फेयरमा जानकारी लिन आएका केहि विद्यार्थीहरुले कन्सल्टेन्सीको नाम सुने पनि प्रत्यक्ष विश्वविद्यालयका प्रतिनिधिलाई भेटगरी विश्वविद्यालय र पढाईको बारेमा बुझन पाउँदा निर्णय लिन सहज भएको बताउदै खुशि व्यक्त गरे ।


फेयरमा इन्जिनियरिङ्ग शिक्षाका लागि उत्कृष्ट मानिने थापर विश्वविद्यालय, म्यानेजमेन्ट र इन्जिनियरिङ्गमा राम्रो मानिने सिम्वर्सिस् विश्वविद्यलाय, भारतीय विद्यापिठ, मारवाडी विश्वविद्यालय , डिआईटी विश्वविद्यालय लगायत अरु विभिन्न उत्कृष्ट विशवविद्यालयको सहभागिता रहेको थियो ।