पोखरा/१० पुस-समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने ज्ञानको ज्योति बाल्ने, अबोध बालकलाई सक्षम नागरिक बनाउने समाजको त्यस्तो व्यक्तित्वलाई शिक्षक भनिन्छ । तथापि शिक्षकलाई विभिन्न व्यक्तित्वले विभिन्न रूपमा परिभाषित गरेका छन् शिक्षक शब्दमा प्रयोग भएको अक्षर ‘शि’ ले शिखरमा लैजाने मान्छे ‘क्ष’ ले क्षमा गर्ने व्यक्ति र ‘क’ ले कमजोरी दूर गर्ने व्यक्तिलाई बुझिन्छ । शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ । यहाँ गुरुको ‘गु’ ले अन्धकार र ‘रु’ ले तेजलाई जनाउँछ । ज्ञान रूपी प्रकाश दिएर अन्धकारलाई हटाउने व्यक्ति नै गुरु मानिन्छ । हाम्रो संसारमा पढाउनेहरू धेरै छन् । पढाउने विषय पनि धेरै छन्, शैली पनि फरक छ आस्तिक र नास्तिक सबैले पढाउँछन् । विद्वान र पाखण्डी सबैले पढाउँछन् । कम्युनिस्ट र गैरकम्युनिस्ट सबैले पढाउँछन् । युरोपेली र एसियाली सबैले पढाउँछन् । पढाएरै यो दुनियाँ परिवर्तन हुने भए उहिल्यै संसार दीक्षित भइसक्थ्यो र हामी शिक्षित भएर मुलुक समृद्ध भइसक्थ्यो ।
नेपालको सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ ले भनेजस्तै शिक्षक एक सूचना प्रवाहकर्ता, प्रवर्धनकर्ता, विद्यार्थीसँग सहकार्य गरी सिक्ने र सिकाइ संस्कृतिको खुल्ला वातावरण सिर्जना गर्ने व्यक्ति हो या आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले भनेजस्तै सिकाइ सहजीकरण प्रव्रिmयाको सहजकर्ता, उत्प्रेरक, प्रवर्तक र खोजकर्ता हो या शिक्षा ऐन २०२८,ले भने जस्तै शिक्षक विद्यालयको अध्यापक हो । शिक्षकलाई दार्शनिक जोन एडम्सले मानवको निर्माता मानेका छ्न् भने वाइल्डले बच्चालाई खुसी राख्ने व्यक्ति मानेका छन् । त्यस्तै रुसोले विद्यार्थीको पन्ना पन्ना पढ्ने व्यक्तिको रूपमा हेरेका छन् भने प्लेटोले शिक्षकलाई विद्यार्थीको प्रकृति थाहा पाउने व्यक्ति भनेका छ्न् ।
वास्तवमा शिक्षकलाई अनेक उपमा दिए पनि असल शिक्षक भनेको त्यो हो; जसले सिकाइका लागि प्रेरणा दिने,बाटो देखाउने, निर्देशित गर्ने, हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने गर्दछ । कहिले शिक्षकलाई आफू जलेर अरूलाई उज्यालो बनाउने बत्तीसँग तुलना गर्ने गरिन्छ । कहिले नदीमा डुङ्गा खियाउने माझी जस्तै हो भन्ने गरिन्छ । शिक्षक तीन ओटा ‘प’ प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाता हो भनिन्छ । शिक्षक एउटा असल र प्रभावकारी शिक्षक विषयगत ज्ञान र दक्षता, पेसागत दक्षता, कला विज्ञान र प्रविधिको दृष्टिकोणबाट दक्ष, शैक्षिक रणनीतिको प्रयोगकर्ता, नयाँ शैक्षिक कलाको खोजी गर्न सक्ने, कक्षा व्यवस्थापन र समय तालिकाअनुसार आफूलाई परिवर्तन गर्न सक्ने, शैक्षिक सिद्धान्तहरू र समय सुहाउँदो विशिष्ट अन्तर्वार्ता राख्ने, विशिष्ट व्याख्याकर्ता, राम्रो प्रश्नकर्ता र नजिकबाट मार्ग निर्देशन गर्ने आदर्श हो ।
एउटा असल शिक्षकसँग विद्यार्थीहरूको विकासात्मक विशेषता, सांस्कृतिक, सामाजिक, भौगोलिक अवस्था र विषयवस्तुसँग सम्बन्धित पूर्व ज्ञान थाहा पाउन सक्ने क्षमता हुनु अति आवश्यक मानिन्छ ।
विषयवस्तुको ज्ञान, शिक्षण सिकाइका विभिन्न तौरतरिकाको ज्ञान, बालबालिका वा सिकारु सम्बन्धित ज्ञान, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार तथा सहकार्य, निरन्तर सिकाइ र पेसागत विकास, कानुनी आधार तथा पेसागत, आचारसंहिता, सूचना तथा सञ्चार प्रविधिको ज्ञानजस्ता विविध विषयको ज्ञान शिक्षकमा हुनुपर्दछ । विद्यार्थीको दृष्टिकोणमा कस्ता शिक्षकहरूलाई असल वा प्रभावकारी शिक्षकको रूपमा हेरिरहेका हुन्छन् त ? भन्ने प्रश्नपनि उठेको हुन्छ वास्तवमा जुन शिक्षक विद्यार्थीप्रति स्नेही स्वभाव, सबैप्रति निष्पक्ष, सबै खालका विचारलाई सम्मान गर्ने, सहानुभूति, समानुभूतिजन्य सिप, व्यक्तिगत विभिन्नताको ज्ञान, मनोवैज्ञानिक ज्ञान र सिप, उपयुक्त शिक्षण विधि छनोट गर्न सक्ने सिप, अतिरिक्त र सहव्रिmयाकलापको महत्व बुझेको, सकारात्मक अनुशासन पद्धतिको प्रयोग गर्न सक्ने, विद्यार्थीलाई निरन्तर पृष्ठपोषण र पुर्नबल दिन सक्ने, आफ्नो पेसाप्रति गर्व गर्ने पेसामा रमाउने, धैर्यवान, सहनशील र मित्रवत् स्वभाव भएको आदर्श व्यक्ति असल र प्रभावकारी शिक्षक हुन् ।
शिक्षकलाई निम्नलिखित उपनामले पनि चिनिन्छ : जीवन जिउने तरिकाको सिकाइकर्ता, उत्प्रेरक, खोज अनुसन्धनकर्ता, यात्रा समन्वयक, समन्वयकर्ता, स्वागतकर्ता, नियम चिनारीकर्ता, आँखा देखाउने, प्रेरणाको स्रोत, आयोजक, तालिका निर्माणकर्ता, सजावटकर्ता, वास्तविक परीक्षक, आर्थिक सङ्कलक, प्राविधिक, सिकाइकर्ता, कार्यक्रम निर्माणकर्ता, सपना देखाउने, मनोरञ्जनकर्ता, सल्लाहकार आदि र हालको शिक्षक प्रविधिमैत्री हुनु नितान्त आवश्यक छ ।
त्यस्तै शिक्षण पेसा भनेको वास्तवमा पेसा नभएर सेवा हो भन्ने ठान्नुपर्दछ । किनभने एक शिक्षक जति समय शिक्षण सेवामा लागिरहेको छ ती सबै समयमा उसले जहिले पनि सेवा र सहयोगको भावना हरक्षण आइरहेको हुन्छ । ती विचार र भावनाले जनताको उन्नति र प्रगतिका लागि हमेसा प्रेरित गरिरहेको हुन्छ ।त्यस कारण पनि शिक्षण पेसा नभई सेवाभन्दा उपयुक्त होला । शिक्षणलाई कला र विज्ञानको समायोजनको रूपमा लिइएको पाइन्छ । जसलाई शिक्षक केन्द्रित प्रवचन, विद्यार्थी केन्द्रित खोज, साधारण सिद्धान्तको प्रयोग र परिस्थितिअनुसारको विशिष्ट अभ्यासको रूपमा परिभाषित गरिन्छ ।
विभिन्न शिक्षाविद्हरूले शिक्षणलाई एउटा कलाको रूपमा लिने गरेको पाइन्छ । विद्यार्थीको ज्ञानलाई पुर्नसंरचना गर्नु चिन्तनलाई अझ स्पष्ट र पूर्णता दिनु शिक्षण हो । यसैगरी शिक्षण भनेको पूर्ण र सही ज्ञान विद्यार्थीहरूमा हस्तान्तरण र प्रस्तुत गर्नु हो । विद्यार्थीहरूले त्यस्तो शिक्षणलाई राम्रो मान्छन् जुन सिकाइमा निम्न कुराहरू समेटिएको हुन्छ ः व्यक्तिगत भिन्नता, सव्रिmय सहभागिता र सिकाइ, निरन्तर पृष्ठपोषण र पुनर्बल, तत्परता अथवा प्रेरणा, समस्यामूलक सिकाइ सहजीकरण, भावनात्मक तथा व्यवहारिक समस्याको व्यवस्थापन, प्रविधि र सञ्चार । त्यसैले शिक्षण भनेको कला हो, जसको माध्यमबाट आफूले पढेको, परेर सिकेको ज्ञान, सिप र अनुभवको हस्तान्तरण गरिन्छ ।
विद्यालय भन्ने बित्तिकै ज्ञान आर्जन गर्ने थलो पनि भनिन्छ , जहाँ विद्यार्थी, शिक्षक, कर्मचारी , अनि अभिभावक र विद्यालय तथा विद्यालय प्रशासनसहितको संयुक्त एकाइ हो । विद्यालयलाई विद्यालयको शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिक, सामाजिक एवम् वातावरणीय पक्षहरू विद्यार्थी एवम् शिक्षक कर्मचारीमैत्री रहेको हुन्छ । ती विद्यालयलाई प्रभावकारी विद्यालय भनिन्छ । कुनै पनि विद्यालय प्रभावकारी विद्यालय बन्नका लागि समुदाय विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यालयलाई माया गर्ने शिक्षा प्रेमी एवम् समाजसेवीको भूमिका अटुट रूपमा रहिरहनु पर्दछ ।
त्यसैले एउटा असल प्रभावकारी विद्यालयका विशेषताहरूमा निम्न पक्षलाई स्पष्टसँग समेटिएको हुनुपर्दछ :
१) विद्यालयको स्पष्ट लक्ष्य निर्धारण गरिएको हुन्छ : अल्पकालीन र दीर्घकालीन लक्ष्य बनाइएको हुन्छ । लक्ष्य निर्धारण गर्न विद्यार्थीको शैक्षिक सामाजिक, आत्मिक तथा शारीरिक विकासलाई विशेष ध्यान दिइएको हुन्छ । लक्ष्य प्राप्ति भए नभएको नियमित रूपमा समीक्षा गरिएको हुन्छ । लक्ष्य निर्धारणमा शिक्षक, विद्यार्थी, अभिभावकको सव्रिmय संलग्नता गराइन्छ ।
२) विद्यालयको नेतृत्व स्पष्ट र दृढ हुन्छ ः शिक्षक तथा विद्यार्थीको दैनिक अनुभवको स्पष्ट जानकारी राखी राम्रो काममा प्रोत्साहित गरिन्छ । विद्यालयको समस्याप्रति संवेदनशील हुने विद्यालयको हरेक काम वा हरेक खालको निर्णय लिँदा शिक्षक, विद्यार्थी, अभिभावक सबै पक्षको सामूहिक सहभागितामा जोड दिइन्छ ।
३) विद्यार्थीको सिकाइमा विशेष जोड दिइन्छ : सबै विद्यार्थीले सिक्न सक्छन् भन्ने विश्वास राखिन्छ । विद्यार्थीको व्यक्तिगत विभिन्नतालाई विशेष ध्यानमा राखिन्छ । विद्यार्थीहरूको प्रगतिको निरन्तर मूल्याङ्कन तथा सञ्चालनमा जोड दिइन्छ । भावनात्मक वातावरणलाई पनि महत्व दिइन्छ ।
४) शैक्षणिक व्रिmयाकलापमा जोड दिइन्छ : प्रभावकारी शैक्षणिक व्रिmयाकलापमा विद्यालयको सम्पूर्ण शक्तिको लगानी गरिएको हुन्छ । प्रभावकारी कक्षाकोठाको व्यवस्थापन गरिएको हुन्छ । सम्भव भएसम्म अतिरिक्त कक्षाको व्यवस्थापन गरिएका हुन्छ । विद्यालय प्रशासनलाई शिक्षकमैत्री बनाइएको हुन्छ । सकारात्मक पृष्ठपोषण र पुनर्बललाई प्रोत्साहित गरिएको हुन्छ ।
५) व्यवसायिक विकासमा जोड दिइन्छ : शिक्षकलाई व्यवसायिक सिप विकासका लागि जोड दिइन्छ । जीवन पर्यन्त सिकाइको अवधारणालाई शिक्षकहरूमा स्थापित गर्ने प्रयास गरिन्छ ।
६) सुरक्षित वातावरणको सिर्जनामा जोड दिइन्छ : आपसी सम्मान र शुद्ध आचरणमा जोड दिइन्छ । शिक्षक, विद्यार्थी तथा अभिभावकबिचको सकारात्मक सम्बन्धमा जोड दिइन्छ । विद्यार्थीमा पठन सिपको वातावरणमा निर्माणमा जोड दिइन्छ ।
७) विद्यार्थीहरूको सहभागितामा जोड दिइन्छ : सबै विद्यार्थीहरूलाई सह तथा अतिरिक्त व्रिmयाकलापमा भाग लिने समान अवसर प्रदान गरिन्छ । सिकाइ क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थीहरूको सहभागितालाई जोड दिइन्छ । विद्यालयको विभिन्न निर्णय प्रव्रिmयामा विद्यार्थीहरूलाई सहभागी गराउने प्रयास गरिन्छ ।
वास्तवमा कुनै पनि कुरा सिक्न र प्राप्त गर्न विद्यार्थी अर्थात् सिकारु आफैले प्रयत्न गर्नुपर्छ तर सिक्ने र प्रयत्न गर्ने सिलसिलामा सिकारुलाई सहयोग वा मार्ग निर्देशनको आवश्यकता पर्दछ त्यसको भूमिका शिक्षकले निर्वाह गर्न सक्दछ । सकारात्मक व्यवहार वा सहयोगले विद्यार्थीको सिक्ने क्षमतामा वृद्धि वा हौसला प्रदान गर्दछ । सिक्नका लागि अनुकूल वातावरण विद्यालयले निर्माण गर्न सक्दछ । जसले प्रभावकारी सिकाइ गराउन सहयोग गर्दछ । वर्तमान संसारमा फैलिएको महामारीका कारण विद्यार्थी अनि शिक्षकसँगै भएर अध्ययन अध्यापनमा समस्या आएको छ जसबाट नियमित पठनपाठन, परामर्शको अभावमा शिक्षक र विद्यार्थीमा मानसिक तनाव, उच्च संवेग जस्ता समस्याहरू देखा परेका छन् । धेरै विद्यार्थीहरूको उमेर खेर जाने र पढाइप्रति वितृष्णा पैदा भई पढाइ छोड्ने अवस्था देखिएको छ । देशका बहुमत विद्यालय, शिक्षक, विद्यार्थीहरू इन्टरनेटको पहुँच बाहिर छन् । जसको कारण देशमा दुई प्रकारका विद्यार्थीको जन्म भएको छ ।
शिक्षकलाई अब वैकल्पिक तरिकाबाट सोच्न र आफ्ना कार्यशैली परिवर्तन गर्नैपर्ने वाध्यता छ । त्यसैले अबको शिक्षक, शिक्षण र विद्यालय प्रविधिमैत्री हुनु आवश्यक छ किनभने शिक्षा विकासमा यी तीन कुरा एक अर्काको परिपूरक मानिन्छ । कुनै पनि सिकारुलाई सिक्नका लागि उपयुक्त प्रव्रिmया, अवसर, आवश्यक स्रोत साधनको व्यवस्था मिलाई सिक्न सहज र सक्षम बनाउन शिक्षक, शिक्षकको शिक्षण र प्रभावकारी विद्यालय व्यवस्थापनको अहम भूमिका रहेको हुन्छ ।
जसले काम गर्न सक्दैन, उसले पढाउँछ ! भन्ने समाजको गलत बुझाइलाई चिर्दै शिक्षकले काम गरेर देखाउनु पर्छ, आजको समस्या भनेको शिक्षक EDUCATOR हुनुपथ्र्यो, INSTRUCTOR भइदियो । ऊ कर्ता हुनुपथ्र्याे, वक्ता भइदियो । ऊ आदर्श हुनुपथ्र्यो, चोर भइदियो। ऊ स्वतन्त्र हुनुपथ्र्यो, झोले भइदियो । ऊ पुस्तकको सहजकर्ता हुनुपथ्र्यो, सुँगा भइदियो भने हाम्रो गन्तव्य सही दिशामा पुग्दैन । हो, आजको संसार हिलाम्य छ । संसारमा टिक्नु र बिक्नु छ भने त्यो हिलोमा नपसी हुँदैन। शब्दजाल र व्याकरण नबुझी हुँदैन । विज्ञान र गणित नबुझी हुँदैन । तर हामी शिक्षकहरूले विद्यार्थीलाई त्यही हिलोमा छाडिदियौँ भने हरेक पुस्ता चक्रब्यूहबाट निस्कनै सकेन भने सोचौ हामी शिक्षक हुन सक्दैनौँ त्यसैले अब हामीले त्यही अतीत ऐनामा हेर्दै वर्तमानमा उतार्ने परम्पराबाट माथि उठ्नुपर्छ ।
हामीले विद्यार्थीलाई सुत्र र सिद्धान्तबाहेक केही दिनै सकेनौँ यो हिजोको परम्परावादी घनघोटी बन्चरो बनाउने समयमा अवस्था थियो अब समाज बदलिएको छ । परिस्थिति बदलिएको छ; हामी मात्र बदलिन बाँकी रह्र्याैँ हामी शिक्षक भाषा पढाउनेहरू व्याकरण र वाक्य संरचनामै अल्झियौँ । कला पढाउनेहरू अतीतका सिद्धान्त र वादमै अड्कियौँ । गणित र विज्ञान पढाउनेहरू पुराना प्रयोग र नियममै जेलियौँ अनि हामी वर्षौ पुराना शिक्षक भएनौ त ? यो मनस्थितिबाट मुक्त हुनु पर्दछ तब मात्र हाम्रो शिक्षण कला र कौशल मा निखारता आउने छ ।
हाम्रो समाजमा हिजोको जस्तो पढाउने शैली छैन समय अनुकूल पढाउने शैली बदलियो । पहिले गुरुकुलमा वेद र पुराणहरू पढाइयो । श्लोकको रटानसँगै संस्कार र नीति सिकाइयो । व्यावहारिक सिपको पनि परीक्षा लिइयो । बिस्तारै हामीले हाम्रा पूर्वीय चिन्तनबाट माथि उठेर पश्चिमाको हावासँगै बहन थालेपछि फिजिक्स, केमिस्ट्री, गणित भित्रियो पढाउन थाल्यौं अनि हामीले नैतिक ज्ञानलाई तथ्याङ्कगत बनाउने सुरले अङ्कको परीक्षामा जोख्न थाल्र्यौं । तत्पश्चात् अङ्कको होडबाजी चल्न थाल्यो । अनि हामी शिक्षकहरू शिक्षकबाट खैराँती मास्टरमा परिणत भयौँ अनि बाँसका भाटा बोकेर पढाउन थालियो । म कक्षामा शान्त वातावरण बनाएर कक्षा शिक्षण गरेको छु, हामीले यस्तै गर्दै गयौ भने प्रविधि युक्त शिक्षण, बाल मनोवैज्ञानिक शिक्षण कला हराउने छ । सँगैसँगै हामी शिक्षक नभई भक्षक हुने छौँ ! फेरि पश्चिमको अर्को हावा चल्यो । बालमैत्री सिकाइको कुरा आयो । हामी अहिले त्यही आधुनिक सोचको युद्धमा छौँ । नेपालको शिक्षा क्षेत्रमा यो एक प्रकारको सङ्क्रमण काल हो । खैराँतेहरू पनि पुरै बिलय भइसकेका छैनन् । बालमैत्रीका पक्षपातीहरू पनि पुरै फ्रन्टलाइनमा आइसकेका छैनन् । बालमैत्री शिक्षाले नयाँ आशा त ल्याएको छ । तर नयाँ र पुराना सबैले पढाए । शिक्षाको भाव बदलिएन। हामीले विद्यार्थीको क्षितिज खोल्नै सकेनौँ । हामीले विद्यालयमा केवल मेसिनहरू बनायौँ । अनि मेसिनबाट उत्पादन भयो तर समाज, राष्ट्र वा कुनै पनि समाजमा नबिक्ने जनशक्ति उत्पादन भइरहे हामी भन्दै गयौँ कि हाम्रो शिक्षण प्रणाली अनि पेसा उत्कृष्ट छ, सुँगा रटाइको चरणलाई बदलौँ ।
हामीले हाम्रो शिक्षण कलालाई कठपुतली बनायौँ अनि विद्यार्थीलाई पनि कठपुतली बनायौँ । हामीले विद्यार्थीलाई परनिर्भर बनायौँ । त्यसैले हाम्रो देश आजसम्म आत्मनिर्भर हुनै सकेन । जबसम्म शिक्षालाई परनिर्भरताको बाटोबाट माथि उठाएर आत्मनिर्भर अनि प्रयोगात्मक बनाउन सक्दैनौँ तबसम्म हामी न असल शिक्षक, न असल शिक्षण पेसा न राम्रा विद्यालय बन्ने छन् ! अब हामी शिक्षक हुनुको नाताले परिवर्तनको अपेक्षा गर्नेपर्छ हामीले शिक्षाको भाव बदल्नैपर्छ । शिक्षक instructor भएर पुग्दैन । उसले विद्यार्थी, समाज, देश र विश्व बुझ्नुपर्छ । हाम्रो समाजको इतिहास बुझ्नुपर्छ । हरेक वर्तमान हिजोको इतिहासबाटै बनेको हुन्छ । शिक्षक समाजको वास्तविक खुला नेता हो त्यसैले हामीले हाम्रो समाजको इतिहास बुझेर मात्र विद्यार्थी र समाजमा दीर्घकालीन हलचल पैदा गराउन सकिन्छ । संसारका हरेक कुनाबाट नयाँ नयाँ कुराहरू सिकेर समाज सुहाउँदो शिक्षा आविष्कार हुनुपर्छ । यो आजको पुस्ताका शिक्षकको जिम्मेवारी हो ।
हामी केही दशकपछिको प्रगतिशील नेपालको कल्पना गर्ने हो भने आजको कक्षामा शिक्षकले सकारात्मक र अर्थपूर्ण हस्तक्षेप नगरी हुँदैन । विषयगत दक्षताभन्दा माथि उठेर सोच्नैपर्छ अनि त्यसलाई सफल तरिकाले कार्यन्वयन गर्ने कोसिस दिलो मनले गर्नु पर्दछ । आज हामी शिक्षक जे गर्छौँ, भोलि देश त्यस्तै बन्छ । नैतिक आचरणका कुराहरू हामीले पढाउने होइन; गरेर देखाउने हो । कक्षाकोठामा हामीले असल संस्कारको बिउ रोप्ने हो । त्यसैले त हामी सफल शिक्षक अनि हाम्रो पेसाप्रतिको मर्यादालाई उचो बनाउन सक्छौ !! हामी हाम्रो देशको भविष्य डिजाइन गर्ने इन्जिनियरहरू हौँ, हामीले कसैको झोला बोक्ने होइन, स्वतन्त्र पनि हिँड्न सकिन्छ भनेर देखाउने हो । विद्यार्थीका लागि हामी आफैँमा नमुना बन्नैपर्छ । राजनीतिभन्दा माथि उठेर समाज बदल्न हाम्रो नेतृत्वलाई सही सबक सिकाउन पनि झोला र पिछलग्गुबाट माथि उठ्नु पर्छ तब मात्र हामी गर्विलो पेसामा रहने छौँ ।
(लेखक डा. टेकनारायण पौडेल हिमालयन बोर्डिङ स्कुल, पोखरा–१७ प्राचार्य हुन् ।)



