विश्वविद्यालय अनुदान आयोगद्धारा १५ पदका लागि आवेदन माग

काठमाडौं /१० पुस-विश्वविद्यालय अनुदान आयोगले आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी पदहरुका लागि आवेदन माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा केही पदहरुमा प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।


प्रतियोगात्मक लिखित परीक्षा लोक सेवा आयोगबाटै सञ्चालन हुने समेत जनाएको छ । साथै योग्यता पुगेका व्याक्तिले पुस २९ गतेभित्र सामान्य शुल्कमा र दोब्बर शुल्कको हकमा थप ७ दिन भित्र आवेदन दिन सकिने जनाएको छ ।


त्यसैगरी आयोगले कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवा गरी पदपूर्ति समेत गर्ने जनाएको छ । कर्मचारी नियमावली,२०७८ बमोजिम आयोगमा रिक्त रहेका पदमा बढुवा गर्ने जनाएको हो ।