काठमाडौं वर्ड स्कुलको हतारो : शैक्षिक सत्र २०७९ को लागि अहिले नै भर्ना

काठमाडौं /९ पुस-भक्तपुरको सूर्यविनायक नगरपालिका भित्र सञ्चालनमा रहेको काठमाडौं वर्ड स्कुलले शैक्षिक सत्र २०७९ को लागि भन्दै नियमविपरीत अनलाइन प्रि-रजिस्ट्रेसन फाराम खोलेकोे पाइएको छ । विद्यालयको प्रवद्धन गर्न र विद्यार्थी भर्नाका लागि चालु शैक्षिक सत्र नसकिदै शैक्षिक सत्र २०७९ को लागि कक्षा १ दखि ८ सम्मको अनलाइन प्रि -रजिस्ट्रेसन फाराम खोलेकोे पाईएको हो ।


कोभिड-१९ का कारण जारी शैक्षिक सत्र कहिले सकिने अन्योल रहेका वेला नयाँ शैक्षिक सत्र बैशाखबाट सुरुहुने भन्दै काठमाडौं वर्ड स्कुलले प्रि-रजिस्ट्रेसन फारामको नममा अहिले देखिनै विद्यार्थी भर्ना गरेको पाइएको छ । विद्यालयले नयाँ भर्ना खोलेको नभने पनि प्रि -रजिस्ट्रेसन फारामलाई नै आधार मानेर विद्यार्थीलाई भर्ना लिने गरेको पाइएको हो ।


सामजिक सञ्जालमा विज्ञापन गर्दे अभिभावकको सम्पर्क नम्बर संकलन गर्ने र थोरै सिटसंख्या रहेको बताउदै अभिभावकलाई विद्यालय भिजिट गर्न आग्रह गर्ने गरेको छ ।


यदि अभिभावकलाई विद्यालय मन परेको खण्डमा विद्यार्थी भर्नाका लागि अग्रिम भुत्तानि गरी सिट सुरक्षित गर्न आग्रह गर्ने गरेको छ । पछि विद्यार्थीको मासिक शुल्कमा मिलाइने भन्दै २० देखि २५ हजार सम्म अग्रिम शुल्क तिर्न लगाउने गरेको छ ।


नयाँ शैक्षिक सत्रको लागि भर्ना खुलाइएको जानकारी दिन प्रि -रजिस्ट्रेसन खुलाइएको विद्यालयले जनाएको छ । अहिलेनै कसरी भर्ना लिनुहुन्छ भन्ने प्रश्नमा विद्यार्थीसँग परीक्षा र अन्तवार्ता लिइने र त्यसैका आधारमा विद्यार्थीलाई छनौट गरी अहिलेनै भर्ना गरीने जनाएको छ ।


यसबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो सरासर गलत रहेको र नियम विपरीत रहेको बताएका छन् । विद्यालयले अहिलेनै प्रि -रजिस्ट्रेसनको नाममा कुनै पनि गतिविधि गर्न नपाइने उनले बताए । साथै चालु शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्र कहिले सुरु गर्ने भन्ने बारेमा कुनै निणर्य नभइसकेको र कोभिड -१९ को अवस्था हेरेर मात्र निर्णय गरीने जानकारी दिए ।


नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले यस्तो कार्य अवैधानिक रहेको र नियमक निकायले अनुगमन गर्नुपर्ने बताए । शैक्षिक सत्र बैशाखलाई नै आधार मान्नेहो भने पनि शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडिबाट मात्रै सामान्य प्रचार प्रसार गर्न पाइने नियममा उल्लेख रहेको जानकारी दिदै पुसमा नै भर्ना गर्नु नियम विपरीत रहेको बताए ।


साथै ग्रामिण क्षेत्रका शैक्षिक संस्थाहरु ढिलो गरी सञ्चालनमा आएका कारण पठापाठन नसकिएकोले नयाँ शैक्षिक सत्र बैशाख बाट सुरु नगरी असार बाटनै सुरु गर्नुपर्ने नेपाल अभिभावक संघको धारणा रहेको समेत जानकारी दिए ।


सूर्यविनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाले यस बारै नगरपालिका अनविज्ञ रहेको जानकारी दिदै विद्यालयले कानुन भन्दा बाहिर गएर कुनै पनि कार्य गर्न नमिल्ने बताए । साथै यस विषयमा विद्यालयसँग बुझेर यस्तोकार्य गरेको पाइएमा बन्द गरीने खबर एजुकेसनलाई जानकारी दिए ।