शैक्षिक परामर्श व्यवसायी मञ्चको गठन

काठमाडौं /५ पुस-शैक्षिक परामर्श व्यवसायीहरुले समाजवादी शैक्षिक परामर्श मञ्च गठन गरेका छन् । आइतबार राजाधानीमा एक कार्यक्रमका विच शैक्षिक परामर्श व्यवसायी मञ्चको गठन गरी घोषणा गरीएको हो ।


नेकपा (एकीकृत समाजवादी)मा आबद्ध रहेका शैक्षिक परामर्श व्यवसायीहरुको ५१ सदस्यीय समाजवादी शैक्षिक परामर्श मञ्च गठन गरिएको छ । राजनैतिक आस्था राख्ने व्यावसायीहरुले आफ्नै समुहमा रहेर काम गर्न सहज हुने उदेश्यले शैक्षिक परामर्श व्यवसायी मञ्चको आवश्यकता रहेको बताइएको छ ।


मञ्चको अध्यक्षमा प्रकाश पाण्डेलाई चयन गरिएको छ भने उद्योग व्यवसायी महासंघको इलाका स्तरिय कमिटीको अध्यक्षको जिम्मेवारी नारायण देवकोटाले दिइएको छ ।


मञ्चका सबै पदाधिकारीलाई नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनियताको सपथ गराएका थिए ।


नेकपा एमाले विभाजन भएसँगै शैक्षिक परामर्श क्षेत्रमा त्यसको असर देखा परेको छ । केही समय अगाडी नेकपा एमाले आवद्ध शैक्षिक परामर्श व्यावसायीहरुले संगठनको घोषणा गरीसकेका छन् ।