कालिकोट/२९ मंसिर-कालिकोटका शिक्षा विकास तथा इकाई कार्यालय प्रमुखलाई नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको युवा संगठन नेपालले कालो मसो दलेको छ। इकाई प्रमुख महेशदत्त देवकोटाले शिक्षक सुरुवा बढुवामा पैसा माग्ने गरेको भन्दै कालो मसो दलिएको जनाइएको छ ।
प्रमुख देवकोटाले शिक्षक सुरुवा बढुवामा एक लाखदेखि माथि रकम घुस खाएको, शिक्षक सरुवामा एकलौटी र मनपरी गरेको लगायतका कानुन विपरित कार्य गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको युवा संगठन नेपालले कालो मसो दलेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
देवकोटालाई बुधबार कार्यालय जादै गर्दा बाटोमै नेकपाका कार्यकर्ताले दुव्यहार गरेको र यस्तो नगर्न पटक पटकका सम्झाउदा पनि अझै अटेरी गरे पछि जनकार्वाही गरिएको जनकारी दिएको छ ।






