कास्की/२९ मंसिर-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १७ औं दीक्षान्त समारोहमा भागलिनका लागि हालसम्म उत्र्तीण भइसकेका इच्छुक विद्यार्थीहरुलाई ट्रान्स्क्रिप्टको लागि आवेदन दिन आग्रह गरेको छ । ट्रान्स्क्रिप्टको लागि पुस महिनाभित्र आवेदन दिन आग्रह गरेको हो ।

सो समय भित्र आवेदन नगर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले आयोजना गर्ने आगामी १७ औं दीक्षान्त समारोहमा समावेश गराउन नसकिने परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीले बताए ।



