राष्ट्रिय परीक्षा बोर्ड द्धारा पूर्वावश्यक पाठ्यक्रमको परीक्षा तालिका सार्वजनिक

काठमाडौं/२७ मंसिर-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका र केन्द्र सार्वजनिक गरेको छ । बोर्डबाट २०७८ सालमा सञ्चालन गरिने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा तालिका र केन्द्र सार्वजनिक गरेको हो ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सोद्धारा मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा ३ वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागेको हो ।


परीक्षा पुस ५ गतेदेखि १० गतेसम्म बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ भने गान्धी आदर्श माविमा परीक्षा केन्द्र तोकिएको छ ।