काठमाडौं/१७ मंसिर-सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले जबरजस्ती सूचना जारी गरेको बताएका छन् । ऐनमा त्यस्तो व्यावस्था नभएको भन्दै सानो कुरालाई जवरजस्ती तर्क लगाएर सूचना जारी गरेको उनको दाबि छ ।
उनले चिकित्सा शिक्षा आयोगले आफ्नो ऐनको हिसाबले मात्र सानो कुरालाई तर्क लगाएर जवरजस्ती आसय प्रकट गरेर कलेज बन्द गर्ने प्रयास गर्नु दुर्भाग्य पूर्ण रहेको बताएका छन् । यसमा विद्यार्थीहरुले पढ्न पाउनु पर्छ, अभिभावकले पढाउन पाउनु पर्छ र २० वर्ष देखि निर्वाद रुपमा चलेका संस्थाहरु चल्न पाउनु पर्ने बताए ।
अहिले ४५ वटा कलेजको सूचना जारी भएको अवस्था छ । ती कलेजहरुमा विश्वविद्यालयबाट सम्बन्धन लिएर ब्याच्लर्सको कार्यक्रम र सिटिइभिटीको प्रमाणपत्र तहका कार्यक्रम सञ्चालनमा छन् । सिटिइभिटीको कार्यक्रम पनि सञ्चालनमा रहेका कलेजलाई सिटिइभिटीको कार्यक्रम सञ्चालन गर्न नदिने आसयबाट सूचना जारी गरिएको उनले बताएका छन ।
गुणस्तर नपुगेका,कमजोरी भएका, खराबी गरेका शैक्षिक संस्थाहरुलाई सुधार्नु पर्छ । सुधार्न पनि सकिदैन भने त्यस्तालाई बन्द गर्नु पर्छ । समग्रमा २० हजार भन्दा बढी विद्यार्थीले पढ्नको लागि आवेदन दिएका हुन्छन् तर,सबै संरचना परीचालन गर्दा पनि हामीले ४६ सय भन्दा बढी विद्यार्थी पढाउन पनि सकेका छैनौँ, यस्तो अवस्थामा कार्यक्रम सञ्चालन गर्न नदिने भन्ने कुरा राम्रो होइन ।
चिकित्सा शिक्षा आयोगले जारी गरेको सूचनाको प्रतिवाद गरेको जानकारी दिँदै ऐनमा व्यावस्था नभएको कुरालाई आयोगले आफ्नै तरीकाबाट निर्णय गरेको उनको भनाई छ । “उहाँहरुले धारा ४२ लाई कोड गर्नु भएको छ । त्यसले उहाँहरुले भने जस्तो व्याचलर्स र प्रमाणपत्र तह एउटै कलेजमा चलाउन दिन मिल्दैन भन्ने कतै उल्लेख गरीएको छैन । खालि विश्वविद्यालय र प्रतिष्ठानहरुले प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नगर्ने सिटिइभिटिले सञ्चालन गर्ने भनिएको छ । तर सम्बन्धन लिएर चलेका मेडिकल कलेज वा निजी कलेजहरुलाई व्याचलर्स र प्रमाणपत्र तहका कार्यक्रमहरु चलाउन नपाउने भन्ने त्यो ऐनमा छैन । त्यसकारण यो व्यावस्थालाई प्रष्ट पार्नु पर्छ भनेर मन्त्रालयलाई पनि भनेका छौ” उनले भने ।
आयोगका अनुसार विश्वविद्यालयको व्याच्लर्स कार्यक्रम र सिटिइभिटीको प्रमाणपत्र तहका कार्यक्रम एकै ठाउँमा सञ्चालन नगरी कुनै एउटाको मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने भनिएको छ । यसको कारण भनेको अस्पतालमा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्दा दक्षता प्राप्त गर्न सक्दैनन् भनिएको छ यो गलत हो । विद्यार्थीहरु सधै त्याँहि बसेर प्रयोगात्मक अभ्यास गर्ने पनि होइन । कति महिना बस्ने हो त्याहि अनुसारको तालिका बनाएर पालोको आधारमा प्रयोगात्मक अभ्यास गरेका हुन्छन् । त्यसैले दुईवटा कार्यक्रम हुने बित्तिकै प्रयोगात्मक अभ्यास गर्न पुग्दैन भन्ने कुरा गलत छ । विद्यार्थीले एउटै अस्पतालमा मात्र प्रयोगात्मक अभ्यास गर्ने पनि होइन उनिहरु १५÷२० वटा अस्पताल पुग्नु पर्ने हुन्छ अधिकारीले भने ।
आयोगले भनेको कुरा सिटिइभिटीले मान्नु पर्छ भन्ने नरहेको र सिटिइभिटीका कार्यक्रम यथावत रुपले सञ्चालन हुन् भन्ने आफुले चाहेको बताएका छन् । आयोगले सूचना जारी गरेपनि सिटिइभिटीका कार्यक्रम बन्द गर्नुपर्छ भन्ने कुराको औचित्य नभएको उनको भनाइ छ । साथै सूचनामा आयोगले दिएको चेतावनि सिटिइभिटीलाई नभई कार्यक्रम सञ्चालन गरेका कलेजहरुलाई रहेको उनले जानकारी दिएका छन् ।
अधिकारीले चिकित्सा शिक्षा ऐनका केहि कुराले अफ्ठेरो पारेको कुरालाई कसरी सहज गर्ने भन्ने बारेमा छलफल पनि भइरहेको बताए । विद्यार्थीहरुले पनि पढ्न पाउनु पर्छ भन्दै मन्त्रालयमा दबाब पनि दिइरहेको र आफुहरुले पनि शिक्षा मन्त्रालयलाई यसबारे दिशा निर्देश गरिदिन आग्रह गरेको बताएका छन । मन्त्रालयले यसलाई दिशा निर्देश गर्ने छ र त्यसै अनुरुप अगाडि बढ्ने छ उनले खवरएजुकेशनाई बताए ।



