उच्च शिक्षाका लागि आयरल्यण्ड उत्कृष्ट गन्तव्य

काठमाडौं/१४ मंसिर-पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि आयरल्यण्ड विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । युरोपको सानो देश भएपनि गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको रोजाइमा पर्ने गरेको पाईन्छ । खर्च कम अवसर धेरै भएका कारणले पनि आयरल्यण्ड जाने विद्यार्थीको संख्यामा क्रमश वृद्धि हुँदै गइरहेको छ । कक्षा १२ पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु आयरल्यण्ड जाने गरेका छन् ।


तर, धेरै विद्यार्थीहरु कुन कुन विषय अध्ययनका लागि आयरल्यण्ड जान उपयुक्त हुन्छ भन्ने सवालमा भने अलमलिएको देखिन्छ । त्यस्तै विश्वविद्यालय तथा कलेजका बारेमा, कानूनी प्रावधानका बारेमा, जान लाग्ने कुल खर्च, शुल्क, छात्रवृत्ति र अवसर जस्ता विषयका बारेमा राम्रो जानकारी नभएको देखिन्छ । यसै सवालमा खबर एजुकेशन अनलाइनले उच्च शिक्षाका लागि आयरल्यण्ड कस्तो देश हो भन्ने बारे हब इन्टरनेशनल एजुकेशनका निर्देशक रामप्रसाद पौडेलसँग गरेको अन्तर्वार्ता ।


उच्च शिक्षा अध्ययनका लागि आयरल्यण्ड नै किन जाने ?
आयरल्यण्ड युरोपियन देश मध्ये सानो भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्दे आइरहेको देश हो । जनसंख्या निकै थोरै छ भने त्यही अनुपातमा शैक्षिक संस्थाहरु रहेका छन् । आयरल्यण्डका विश्वविद्यालय तथा कलेजहरु विश्वमा उच्च वरीयतामा पर्छन । त्यसकारण पनि स्नातक र स्नातकोत्तर अध्ययनका लागि नेपालबाट विद्यार्थीहरु जाने गरेका छन् ।


आयरल्यण्डमा गएर अध्ययन गर्न नेपाली विद्यार्थीहरुलाई शुल्कको हिसाबले कम लाग्ने र गईसकेपछि काम गर्ने वातावरण सहज हुने कारणले पनि विद्यार्थी आयरल्यण्ड जाने गरेका छन् । साथै आम्दानि पनि राम्रो हुने र अध्ययन पश्चात पनि पोष्ट स्टडि वर्क प्रमिट पाउने व्यावस्था रहेको छ । युरोपका राम्रा कम्पनिहरुको मुख्य कार्यलयहरु आयरल्यण्डमा रहेका कारण पढाई सकिएपछि जागिर पाउन सहज हुने र पढाई अनुसार रोजगार पाउने कारणले विद्यार्थीका लागि आयरल्यण्ड उच्च शिक्षा अध्ययनको राम्रो गन्तव्य हुन सक्छ ।


आयरल्यण्ड जाने विद्यार्थीको संख्या कस्तो छ ?
नेपालबाट २ हजार देखिनै उच्च शिक्षा अध्ययनका लागि राम्रो संख्यामा विद्यार्थीहरु आयरल्यण्ड गईराखेको अवस्था छ । तर, विदेश अध्ययनका लागि अस्टे«लिया सहज बने पछि आयरल्यण्ड जाने विद्यार्थीको संख्यामा कमि आएको थियो । अहिले फेरी आयरल्यण्ड जाने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । विद्यार्थीहरुले गुणस्तरीय शिक्षाकाबारेमा बुझ्दै गए पछि अहिले अध्ययनका लागि राम्रो गन्तव्य बनेको छ ।


छात्रवृत्तिको व्यावस्था कस्तो छ ?
पहिलो विद्यार्थीले प्राप्त गरेको नम्बरको प्रतिशतका आधारमा छात्रवृत्ति प्राप्त गर्न सक्छन् । दोस्रो भाषा परीक्षामा ल्याएको नम्बरका आधारमा छात्रवृत्ति पाउछन् र तेस्रो कलेज वा विश्वविद्यालयले विभिन्न आधारमा नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिएको अवस्था छ । त्यसैगरी सरकारी छात्रवृत्तिहरु पनि रहेका छन् । जुन नेपाली विद्यार्थीहरुले पनि आवेदन दिनसक्छन् । त्यो भनेको पाँच सय डलर देखि पूर्ण छात्रवृत्ति पनि हुन सक्छन् तर विद्यार्थीको क्षमतामा पनि भर पर्छ ।


बस्न, खान र अध्ययनका लागि कति खर्च लाग्छ ?
आयरल्यण्डमा प्रति महिना करिब ५ सय युरोले खान बस्न पुग्छ । त्याहाको सरकारको आकडा अनुसार एक जना व्याक्तिको वर्षको ७ हजार युरो खर्च हुन्छ भन्ने अनुमान छ । तर शहर हेरीकन केही रकम तलमाथि हुन सक्छ । विद्यार्थीहरु समुहमा मिलेर बस्दा धेरै खर्च लाग्दैन । करिब करिब नेपाली ९ देखि १० लाख जति वार्षिक खर्च हुने अनुमान गर्न सकिन्छ ।


आयरल्यण्ड कस्ता विषय अध्ययनको लागि जान राम्रो मानिन्छ ?
विशेषगरी आइटी, फार्मेसि, नर्सिङ, कम्प्युटर साइन्स्, इन्जिनियर र बिजनेश एजुकेशन जस्ता विषयहरु अध्ययनका लागि राम्रो मानिन्छ । आयरल्यण्डलाई सिलिकन भ्यालि अफ युरोप पनि भनिन्छ किनभने युरोपका ठुला ठुला कम्पनिहरुको मुख्य कार्यलयहरु रहेका छन् । जस्ले गर्दा रोजगारका अवसरहरु धेरै छन् । यस्ता विभिन्न कारणले गर्दा बिजनेश, आईटी, मेडिकल, इन्जिनियरिङ लगायतका धेरै कोर्सको गुणस्तरीय पढाई हुन्छ ।


विद्यार्थी जान कुल खर्च कति लाग्छ ?
विद्यार्थीलाई आयरल्यण्ड अध्ययनमा जानको लागि कम्तिमा १० देखि १५ लाख सम्म खर्च लाग्न सक्छ । त्यस्तै भिसा प्रक्रियामा ५० देखि ६० हजार खर्च लाग्छ । त्यसैगरी ५ हजार देखि १५ हजार युरो सम्म प्रति वर्ष शुल्क लाग्ने कलेज तथा विश्वविद्यालयहरु पाउन सकिन्छ । चाहे स्नातक होस वा स्नातकोत्तर होस शुल्क उस्तै छ ।


अध्ययन पश्चात विद्यार्थीले पाउने रोजगारको अवसर कस्तो छ ?
पढ्दै गर्दा पनि विद्यार्थीहरुले प्रति हप्ता २० घण्टाको दरले काम गर्न पाउँछन् । यो भन्दै गर्दा अर्को एउटा राम्रो पक्ष भनेको विद्यार्थीहरुले हप्ताको ४० घण्टा वर्षमा पाँच महिना काम गर्न पाउँछन् । अरु देशमा यस्तो व्यावस्था छैन । यसको अर्थ पढ्दै गर्दा पनि विद्यार्थीले काम गर्न पाउँछन् । पढाई सकिएपछि दुई वर्षको पोष्ट स्टडि वर्क प्रमिट पाउँछन् । त्यसमा पुरै समय काम गर्न पाईन्छ । यो समयको विचमा भिसालाई कन्भर्ट गरेर वर्क प्रमिट भिसा पनि लिन सकिन्छ । पढाई अनुसार विद्यार्थीहरुले पाउने अन्य अवसरहरु प्रशस्त रहेका छन् ।


विदेश अध्ययनमा जान चाहने विद्यार्थीले हब नै किन रोज्ने ?
हब विगत लामो समय देखि विद्यार्थीलाई उत्कृष्ट शैक्षिक परामर्श दिदै आएको संस्था हो । विदेश अध्ययनमा जाने विद्यार्थीहरुलाई लामो समय देखि सहयोग गर्दे आइरहेको छ । हबले २००६ देखिनै आयरल्यण्ड अध्ययनका लागि विद्यार्थीलाई परामर्श दिदै आइरहेको छ । यो बाहेक अस्ट्रलिया, युके, क्यानडा, अमेरीका लगायतका देशहरुका लागि विद्यार्थीलाई परामर्श दिदै आएको छ । विद्यार्थीहरुलाई आयरल्यण्ड अध्ययनका लागि उत्कृष्ट र सही परामर्श दिने हबनै एक मात्र संस्था हो । आयरल्यण्डका करिब करिब सबै शैक्षिक संस्थाहरु हबसँग जोडिएका छन् । त्यसैगरी हबको अफिस आयरल्याण्डमा रहेकोले विद्यार्थीहरु गईसके पछि विभिन्न कुराहरुमा सहयोग गर्दे आईरहेको छ ।