विद्यालयमा प्रयोगशाला स्थापनाका लागि प्रस्ताव पेस गर्ने समय थप

काठमाडौं/६ मंसिर-शिक्षा विकास निर्देशनालय वागमती प्रदेशले सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि प्रस्ताव पेस गर्ने समय थप गरेको छ । बागमती प्रदेश भित्रका सामुदायिक माध्यमिक विद्यालयहरुलाई सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि प्रस्ताव आह्वान गरेकामा पुनः पाँच दिन समय थप गरेको हो ।


त्यसैगरी विषयगत,विज्ञान तथा सूचना प्रविधि प्रयोगशालाका लागि प्रस्ताव पेस गर्ने समय पनि थप गरेको छ । यो सूचना प्रकाशित भएको मितिले पाँच दिनको लागि समय थप गरेको छ ।