इन्जिनियरिङ्ग अध्ययनका लागि स्नातकोत्तर तहको प्रवेश परीक्षा आवेदन फारम खुला

काठमाडौं/२९ कार्तिक-त्रिभुवन विशव्विद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डले स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम खुला गरेको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा सञ्चालित विभिन्न विषयको स्नातकोत्ततर तहका कार्यक्रममा शैक्षिक वर्ष २०७८ /०७९ मा भर्ना गर्न इच्छुक विद्यार्थीहरुका लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरेको हो ।


आवेदन फारम मंसिर ३ गते देखि १७ गते दिउँसो ३ बजे सम्म भर्न सकिने जाएको छ । साथै फारम भर्ने आवेदकहरुको प्रवेश परीक्षा मंसिर २६ गतेदेखि संचालन गरिने जनाएको छ ।