काठमाडौं/२८ कार्तिक-त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यलयले एलएल.एम. तहमा नयाँ विद्यार्थी भर्नाका लगि प्रवेश परीक्षा फारम खुला गरेको छ ।
शैक्षिक सत्र २०७७/२०७८ को सेमेष्टर प्रणालीमा एलएल.एम. कार्यक्रमको प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहाने सम्बन्धित सबैका लागि फारम खुला गरेको हो ।




