काठमाडौं/२४ कार्तिक- नेपाल-संस्कृत विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय शास्त्री तथा आचार्य तहको र एक वर्षे शिक्षाशास्त्रीको परीक्षा फाराम खुला गरेको छ । विश्वविद्यालयले २०७८ सालमा सञ्चालन गरीने चारवर्षे शास्त्री प्रथम खण्ड २०७८ तथा आंशिक तिनवर्षे, शास्त्री द्धितीय खण्ड २०७७, शास्त्री द्धितीय खण्ड २०७८, आचर्य द्धितीय खण्ड २०७७ र एकवर्षे शिक्षाशास्त्री परीक्षार्थीका लागि परीक्षा आवेदन खुला गरेको हो ।
नियमित,आंशिक,मौका,स्वतन्त्र परीक्षार्थीले नियम अनुसार परीक्षा आवेदन भरी मंसिरको २२ गतेभित्र आ आफ्नो विद्यापीठमा बुझाउनु पर्ने छ ।





