काठमाडौं/११ कार्तिक-सिटिइभिटीले नतिजा प्रकाशित गर्न बाँकि रहेका सबै परीक्षाको नतिजा आइतबार भित्र सार्वजनिक हुने जनाएको छ । २०७७ को फागुन र चैतमा सञ्चालन भएका परीक्षाको नतिजा प्रकाशित गर्न लागेको जनाएको छ ।
परिषद्ले डिप्लोमा तथा प्रमाण पत्र तह दोस्रो वर्षको कृषि, फार्मेसी र ल्याबको परीक्षाफल प्रकाशित गर्न बाँकि रहेकोमा आइतबार भित्र सार्वजनिक गर्ने तयारि गरेको जनकारि दिएको छ ।
कोभिड १९ का कारण बिचमा लकडाउन हुँदा कर्मचारी अभावले नतिजा प्रकाशनमा ढीला भएको र अहिले बाँकि नतिजा प्रकाशितको अन्तिम तयारीमा रहेको परीक्षा नियन्त्रक कृष्ण जिसिले बताए । उनले भने “हामी सकेसम्म कर्तिक १२ गते शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारीमा छौं, नभए ढिलोमा आइतबार भित्र प्रकाशित गर्छौ । ”



