सुर्खेत/११ कार्तिक-सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. ९ स्थित कोपिला माध्यामिक विद्यालय पर्सेनीका शिक्षकहरु अहिले विद्यालयमा होइन खेतमा भेटिन्छन् । सार्वजनिक विद्यालय प्रति अभिभावकको धारणा सकरात्मक नभए पछि अभिभावकलाई खेतमै गएर भएपनि भेटेर सार्वजनिक विद्यालय बारे बुझाउन थालिएको हो ।
अभिभावकले सार्वजनिक विद्यालयमा बालबालिका नपठाई निजी विद्यालयमा पठाए पछि आफ्ना बालबालिकालाई सार्वजनिक विद्यालयमा पठाउन आग्रह गर्नका लागि अभिभावक जाहा हुनुहुन्छ त्याहि गएर भेटेको विद्यालयकी प्रधानाध्यापक दुर्गा शाक्यले बताईन ।
सार्वजनिक विद्यालयमा बालबालिका पठाउन हामीले के गर्नु पर्छ, कस्तो शिक्षा दियौं भने पठाउँनु हुन्छ भनेर अभिभावकको धारणा बुझ्न गएको र अभिभावकको सुझाब अनुसार विद्यालयमा पठनपाठन सञ्चालन गरिने शाक्यले जानकारी दिईन । साथै यसरी अभिभावकलाई भेटे पछि करिब २० जना बिद्यार्थी बढ्ने निश्चित भएको समेत उनले बताईन ।
चार दिनमा एक सय भन्दा बढी अभिभावकलाई भेटिएको र अधिकांश अभिभावकले गुणस्तरीय पढाई नभएका कारण निजी विद्यालयमा बालबालिका पठाउन बाध्य भएको गुनासो गरेको उनले बताईन ।
आफु बैशाख ५ गते देखि विद्यालयमा प्रधानाध्यापक भएको र अब अभिभावकले दिएको सुझाब अनुसार विद्यालयमा पठनपाठन गरिने उनको भनाई छ । अहिले विद्यालयमा ३०५ जना विद्यार्थी रहेका छन् ।











