सयपत्री फूलले ढकमक्क विद्यालय (फोटोफिचर)

स्याङ्जा/९ कार्तिक-स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नं. ६ स्थित श्री ध्रुव ज्योति माध्यामिक विद्यालय अहिले फूलेका सयपत्री फूलले ढकमक्क ढाकिएको छ । विद्यालय प्राङ्गण भित्र फूलेका विभिन्न थरीका फूलले यतिवेला विद्यालय पुग्ने जो कसैको पनि ध्यान तान्ने गरेको छ ।


“एक विद्यार्थी एक फूल” नारा साथ विद्यार्थीहरुबाटै रोपिएका स्थानीय प्रजातिका धेरै फूलहरु फूलिरहेका छन् । त्यस्तै विद्यालयले “एक विद्यार्थी एक तरकारी” अभियान पनि सञ्चालन गरेको छ ।


विद्यालयको धेरै जमिन नभएकाले प्रत्येक कक्षाको अगाडि क्यारी बनाएर विभिन्न जातका तरकारी लगाउने गरिएको प्रअ हिराबहादुर गाहा मगरले जानकारी दिए । जुन कक्षाको अगाडि क्यारी बनाएर तरकारी लगाइएको छ त्याही कक्षाले त्यसको रेखदेख गर्ने गरेको उनले बताए ।


यसरी लगाइएका विभिन्न थरीका फूल र तरकारी बेचेर प्रत्येक वर्ष ५० देखि ६० हजार आम्दानि हुने गरेको प्रअ हिराबहादुर गाहा मगरले बताए । त्यो पैसा पुस्तकालयको कोषमा राखिने र आवश्यक अनुसारका पुस्तक किन्ने गरेको उनले जानकनरी दिए ।
विद्यालयको १३ रोपनि जग्गा रहेको र भवन बनाएर रहेको बाँकी जमिनमा फूल तथा तरकारी रापिएको छ ।