काठमाडौं/ ६ कार्तिक शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८–७९ को नितिा तथा बजेटमा आधारित भएर स्थानिय एंव प्रदेश तहमा शिक्षा सम्बन्धित विभिन्न कार्यक्रम कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक गरेको छ ।
विद्यालय क्षेत्रमा विकास योजना अन्र्तगतका स्वीकृत कार्यक्रमहरु प्रदेश तथा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईबाट प्रभावकारी रुपमा सहजिकरण गरी एक रुपता कायम गर्ने उदेश्य कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक गरिएको केन्द्रले जनाएको छ ।
विगतका वर्षहरुका उपलब्धि र कार्यन्वयनमा देखिएका चुनौतिहरुबाट सिकिएका पाठका आधारमा स्वीकृत कार्यक्रमहरुलाई समयमै पुरा गर्न तथा कार्यन्यनमा एकरुपता ल्याउने लक्ष्य लिइएको उल्लेख गरिएको छ ।
साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा केन्द्रित गर्ने, प्रारम्भिक बालविकास केन्द्रका शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम रू. १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने, शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने, आधारभूत तहमा विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याई अनिवार्य र निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्ने लगायतका उद्देश्य राखिएको छ ।
हेर्नुहोस कार्यन्वयन पुस्तिका :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1968505012.pdf



