तनहुँ/५ कार्तिक-तनहुँमा महिला शिक्षकलाई सहयोग र सरुवा गरिदिने प्रलोभन देखाउदै यौन दुर्व्यवहार गर्ने शिक्षक विरुद्ध साईबर व्यूरोमा उजुरि दर्ता गरिएको छ । महिला शिक्षकलाई विभिन्न सहयोग गरिदिने, जागिर जोगाइदिने वा सरुवा गरिदिने वाहानामा यौन सम्पर्कका लागि प्रस्ताव राख्ने शिक्षक विरुद्ध एसपी दिनेश राज मैनालीको सहयोगमा साईबर व्यूरोमा उजुरि दर्ता गरिएको हो ।
नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनालले महिला शिक्षकलाई अस्लिल संवाद पठाउने,जवरजस्ति यौन हिंसात्मक म्यासेज पठाउने, म्यासेन्जरमा भिडियो च्याट गर्न खोज्ने, भेट्न बोलाउने जस्ता दुर्व्यवहार गरेको भन्दै उजुरि दर्ता गरिएको पिडित महिला शिक्षकले बताएकी छन् ।
आफुले गालि गर्दा पनि बारम्बार अस्लिल म्यासेज पठाउने, म्यासेन्जरमा संवाद गर्न खोज्ने जस्तो दुर्व्यवहार गरे पछि कानुनि उपचारका लागि साईवर व्यूरोमा उजुरि दर्ता गरेको उनले बताईन ।
अरु धरै महिला शिक्षकलाई पनि विभिन्न वाहानामा भेट्न वोलाउने र यौन सम्पर्कका लागि प्रस्ताव गर्ने जस्ता दुर्व्यवहार गर्ने गरेको उनको आरोप छ । आफुले साइबर व्यूरोमा उजुरि दिए पछि धेरै महिला शिक्षकहरुले आफु पनि यौन दुर्व्यवहारमा परेको भन्दै प्रमाण सहित सम्पर्कमा आउन थालेकोे खबर एजुकेशनलाई बताईन ।
यस विषयमा आफु दुर्व्यवहारमा परेको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई बताउँदा आफुले उक्त शिक्षकलाई सम्झाएको तर कारर्वाही गर्ने अधिकार प्रहरिलाई मात्र रहेको नगरपालिकालाई नरहेको बताउँदै वेवास्ता गरेको पिडित महिलाको भनाई छ ।
त्यसैगरी नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमल भक्त पोख्रेललाई जानकारी गराएको र शिक्षक पदम खनाललाई सोध्दा फेक आइडि बनाएर म्यासेज पठाइएको यस बारे आफुलाई जानकारी नरहेको जानकारी दिए पछि आर्थिक चलखेलको विषयलाई लिएर मात्र प्रेस विज्ञप्ति जारि गरिएको जवाफ दिएको बताईन । तर कार्तिक दुई गते जारि गरिएको विज्ञप्तिमा आरोप लगाइएका शिक्षक पदम खनालको समेत हस्ताक्षर रहेको छ ।



