निजी विद्यालय बन्द भएको अवधिको सबै तलब सरकारले दिनु पर्ने इष्टुको माग

काठमाडौं/४ कार्तिक-संस्थागत विद्यालय शिक्षक युनियन ( इष्टु)ले लकडाउनमा विद्यालय बन्द भएको अवधिको शिक्षक कर्मचारीहरुको पाउने सम्पुर्ण तलब भत्ता राहतस्वरुप सरकारले बेहोर्नु पर्ने माग राखेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलसँग भेट गरि लकडाउनमा विद्यालय बन्द भएको अवधिको करिब ६ महिना भन्दा बढीको तलब नपाएको भन्दै सरकारले बेहोर्नु पर्ने माग राखेको हो ।


नीजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु लामो समय देखि पेशागत समस्यामा रहेको जानकारी गराउँदै लकडाउनमा विद्यालय बन्द भएको अवधिको तलब उपलब्ध नहुँदा थप आर्थिक समस्यामा परेको जनाएका छन् ।
निजी विद्यालय सञ्चालकहरु यस विषयमा खासै संवेदनशील नभएको बरु शिक्षक कर्मचारीहरुलाई निष्कासन गरिरहेकाले विद्यालयबाट शिक्षक कर्मचारी निष्कासन गर्ने काम तुरुन्त रोकि निष्कासित शिक्षक कर्मचारीलाई पनर्बहाली गर्न शिक्षा मन्त्री समक्ष माग गरेका छन् ।


साथै सम्पुर्ण संस्थागत विद्यालय र कार्यरत शिक्षक कर्मचारीहरुलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराइनु पर्ने, दर्ता नहुनेको लेख परीक्षाण राकिनु पर्ने,सरकारले तोके अनुसारको नियुक्ति तथा तलब भत्ता दिनु पर्ने,शिक्षा एन तथा नियमावली अनुसार व्यावस्थापन समिति गठन गरी विद्यालय ऐन नियमावलीसँग नबाझिने गरी विद्यालय विनियमावली बनाईनु पर्ने लगायतका माग राखेको ईष्टुका अध्यक्ष होमकुमार थापाले बताएका छन् ।