काठमाडौं/४ कार्तिक-सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चूडामणि पौडेललाई महानिर्देशकमा नियुक्त गरेको छ । बुधबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस भन्दा अगाडिका महानिर्देशकलाई बैकुण्ठ अर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा भएपछि रिक्त महानिर्देशकको पदमा पौडेललाई नियुक्ति गरिएको छ ।



