सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने शिक्षक नेताको बचाउँ गर्दे शिक्षक संघको विज्ञप्ति

तनहुँ/३ कार्तिक-नेपाल शिक्षक संघ तनहुँले कुनै पनि शिक्षकले शिक्षक नियुक्ति र सरुवामा आर्थिक चलखेल नगरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो ।


संघले आरोपित शिक्षक नेताहरुलाई बचाउँ गर्दे कुनै अनुसन्धान र छानविन नगरी आन्तरीक छलफल गरेर हचुवाको भरमा विज्ञप्ति जारी गरेको छ ।


“शिक्षकहरुको सरुवामा आर्थिक चलखेल भएको भन्ने आरोप प्रति नेपाल शिक्षक संघको नेतृत्वलाई यस सम्बन्धमा कुनै जानकारी नभएकोले यदि कुनै व्याक्तिसँग गैर कानुनि तरीकाले आर्थिक लेनदेन गरेको वा अन्य अवाञ्छीत क्रियाकलाप गरेको भए सो प्रमाणहरु नेपाल शिक्षक संघमा पेश गर्न ध्यानाकार्षण गराईन्छ” विज्ञप्तिमा उल्लेख गरीएको छ ।


अन्यथा कोही कसैलाई अनावश्यक लाञ्छना लगाइएको हो भने नेपाल शिक्षक संघ त्यास्ता समाचारको घोर भत्र्सना गर्दछौ विज्ञप्तिमा लेखिएको छ । त्यसैगरी यस्ता समाचारको पछाडि नलाग्न आम सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
यता यस विषयमा आफुसँग आधार रहेको र हचुवाको भरमा कसैलाई आरोप नलगाएको र प्रमाण्का आधारमा आफुले लेखेको इकाई प्रमुख रमाकान्त शर्माले सामाजिक सञ्जालमा मार्फत अभिव्यक्ति दिएका छन् ।


नेपाल शिक्षक संघ जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कमल भक्त पोखरेलले कसैले गरेको छ भने भन्नुस भनेर शिक्षक नेताहरुलाई सोधपुछ गर्दा कसैले पनि गरेको नभने पछि विज्ञप्ति जारी गरिएको बताए ।


तर शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक संघ जस्तो जिम्मेवार संगठनले विभिन्न माध्यमबाट कुरा बाहिर आइसके पछि कुनै पनि छानविन नगरी शिक्षक नेताकोे बचाउ गर्दे विज्ञप्ति निकाल्नुलाई अर्थपूर्ण तरीकाले हेरिएको भन्दै तनहुँका केहि शिक्षक रुष्ट भएका छन् ।