विद्यालयमा दशैँ विदा ५ दिन मात्रै

रामेछाप/२४ असोज-रामेछाप नगरपालिकाले ५ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यलायमा दशैँ विदा घटस्थापना देखि पूर्णिमा सम्म दिइने विदालाई छोट्याएर फुलपातीको दिनदेखि दशमी सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


नगरपालिकाले एक सूचना जारी गर्दै कोभिडका कारण लामो समय पठनपाठन हुन नसकेको र बल्ल सामान्य रुपमा पढाई सुरु भएकाले लामो बिदा नगर्ने निर्णय गरेको जनाएको छ ।


दशैं विदा भनी विद्यलाय घटस्थापन देखि पूर्णिमासम्म दिइने विदालाई छोट्याएर पूलपातीको दिनदेखि दशमीको भोलिपल्ट अर्थात पात्रोमा सार्वजनिक विदा भनी जनाइएको दिनमा मात्र विद्यालय बन्द गर्ने निर्णय भएको सूचनामा उल्लेख गरीएको छ ।


साथै विगतका वर्षहरुकमा दशैं र तिहारको विचको अवधिमा विद्यालय बन्द हुने गरेकोमा यस वर्ष सो अवधिमा समेत विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।


नगरपालिकाको सूचना अनुसार असोज २६ देखि २९ सम्म मात्रै विद्यालय बन्द हुने छ । ३० गते शनिबार भएकाले बिदा नै हुने र ३१ गते आइतबारबाट नियमित पठनपाठन सूचारु हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *